सृजनाको चौतारी

आफ्नै गजल भित्र

गजल

म त आफ्नै गजल भित्र रमाउन खोज्छु
दुःख गरि आफ्नैपनमा कमाउन खोज्छु ।

जतिसुकै अवसर अनि मौकाहरू पनि
सत्यताको सिँढी चढी समाउन खोज्छु ।

मलाई धनको लोभ छैन शुध्द मन भए
मात्र साथीसंगी धेरथोर जमाउन खोज्छु ।

अनन्तको आकाशबाट थोरै शब्द टिपी
तुनामुना गजल बुनी ब्युझाउन खोज्छु ।

बिसंगति बिकृतिलाइ चिरफार गर्दै
सभ्य शिष्ट राम्रो समाज बनाउन खोज्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button