
काठमाडौं । अलैँची पहाडी भेगमा पाइने एक वनस्पति हो । यो एक प्रकारको मसला बाली भित्र पर्दछ भने यसलाई एक महत्त्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ ।
नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती पछिल्लो समय ३६ जिल्लामा फैलिएको छ । पहाडी भिरालो परेको जमीन अथ्वा रुख भएको ठाउँमा यसको खेती गर्न सकिन्छ ।
अलैँचीमा पातमा छिर्का देखिने छिर्के भाईरस, गाँजमा जमरा जस्ता बिरुवा देखिने फुर्के भाईरस र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्ने गर्दछ । जसले उत्पादनमा कमी ल्याउने गर्दछ ।
अलैँची रोगको लक्षण तथा व्यवस्थापन
१. फुर्के (Foorke)
♦ लक्षण
रोगी बिरुवाको फेदमा धेरै स-साना काण्डहरू निस्कन्छन् र बोटमा पूल फुल्दैन् । बोट होचो हुन्छ ।
♦ व्यवस्थापन विधि
-बिरुवा बीउबाट उत्पादन गर्ने
-रोगी बिरुवा जम्मा गरी जलाउने ।
-रोगोर एनगोर रोगोहित आदि १ मि लि लिटर पानीमा मिसाई छर्ने ।
२. छिर्के (Chhirke)
♦ लक्षण
रोगी बिरुवाको फेदमा धेरै स-साना काण्डहरू निस्कन्छन् र बोटमा पूल फुल्दैन् । बोट होचो हुन्छ ।
♦ व्यवस्थापन विधि
-बीउबाट उत्पादित बेर्ना लगाउने ।
-रोगी बिरुवा जम्मा गरी जलाउने ।
-मलाथियन ५०% EC १ मि लि प्रति लिटर पानीमा मिसाई छर्ने ।
३. जरा तथा गानो कुहिने(Rhizome Rot)
♦ लक्षण
बोटको गानो पानीले भिजेको जस्तो गिलो हुन्छ र कालो भएर कुहिन थाल्दछ । बोटको पातहरू टुप्पोबाट पहेंलिंदै सुकेर जान्छन् ।
♦ व्यवस्थापन विधि
-स्वस्थ गाना वा बीउबाट बेर्ना बनाई रोप्ने ।
-बोटको गोडमेल गर्दा गानोमा चोटपटक नलाग्ने गरी गर्ने ।
-ट्राइकोडर्माको प्रयोग गर्ने
४. झुसिल्कीरा (hairy caterpillar)
♦ लक्षण
अलैंचीमा झुसिल्कीराले पात खाई विरुवालाई पुरै नांगो बनाउँछन् ।
♦ व्यवस्थापन विधि
-कीराहरू सानै छँदा एकै ठाँउमा बसेर खाईरहेको बेला तिनलाई जम्मा गरेर नष्ट गर्ने ।
-मालाथियन ५०५ झोल बिषादी १२०० देखि १६०० मिलि वा फेनिट्रोथायन ५०५ झोल बिषादी ६०० देखि ८०० मिलि प्रति ६०० देखि ८०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नुपर्छ ।halokhabar.com/from



