खबर

अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदान, जनता र विद्यार्थी उत्साहित

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले जनश्रमदान गरेको छ ।

अखिल (क्रान्तिकारी) ले रूपन्देही जिल्लाका विभिन्न ठाउँमा स्थानीय जनताको खेतमा धान काट्नेलगायत कामहरू गरेको हो । उक्त काममा सङ्गठनमा आबद्ध सबै विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको जानकारी केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रूपा बुढामगरले दिएकी छिन् ।

शिक्षा र श्रमलाई जोड्ने, जनताको घरघरमा पुगेर श्रम गर्ने, विद्यार्थीसँग भेटघाट, छलफल एवम् सङ्गठित गर्ने उद्देश्यले जनश्रमदान कार्यक्रम सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र विकले बताए । उनले भने, ‘यो कार्यक्रमले जनतामा निकै गहिरो प्रभाव परेको छ । जनतासँग काम गर्दा विद्यार्थीले निकै ऊर्जा ग्रहण गरेका छन् ।’

अखिल (क्रान्तिकारी) ले विभिन्न समयमा देशैभर यसखालका जनश्रमका कामहरू गर्दै आएको छ ।ई-रातो खबर२०७७, १४ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button