
दयानन्द गोस्वामी
कविता
आँखा बाट नीरहरु किन चल्बलाए आज
अतीतले मेरो मनलाई किन जलाए आज,
के भनुँ ? कसलाई सुनाउँ म ति व्यथाहरु?
जब घाऊ कोट्याउन सबै सल्बलाए आज,
थाहा छैन कति चोट खाएँ म यात्रा हरूमा
बानी परि सकेछ चोट खाने विहान साँझ,
विश्वास कसलाई गर्नु फगत जीन्दगानीमा
रहेनछ आफ्नो भन्ने कोहि लाखौंको माझ,
शीशा झैं चर्केको मुटु सौगात छ तिमीलाई
कदाचित कैले नरुनु सौगन्ध छ तिमीलाई,
हृदयको स्पन्दनहरू चाहे जती नै बढोस्
अस्मिता लाई नै बचाउँदै राख्नु छ लाज,
कैयन बसन्तहरू त आए मेरो आँगनीमा
बहारको तृष्णा सधैं रह्यो जीन्दगानीमा,
पतझड़ संग नै मैंले सम्बन्ध गाँस्न पुगेछु
जहाँ नीरहरु बगाई रहन्थ्यें सधैं सिरानीमा,
कस्तो पूर्वीय बतासको त्यो तीब्र गतिमा
गणितीय हिसाबले पनि म गन्न नै पुगेछु,
उन्का हरेक पाईला हरुका पदचापहरू,
हावामा अंकित थिए सबै हावा कै माझ,
आँखा बाट नीरहरु किन चल्बलाए आज
अतीतले मेरो मनलाई किन जलाए आज,
के भनुँ? कसलाई सुनाउँ म ती व्यथाहरु?
जब घाऊ कोट्याउन सबै सल्बलाए आज।
गोस्वामीको फेसुबुकबाट


