मूल खबर

आज देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण

१२ मंसिर २०७७

चौतारी पोष्ट अनलाइन , ललितपुर।

आज देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । हाल देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट आज देशभर थप २३ जना संक्रमितको मृत्यु भएको छ । योसंख्यासँगै मृतकको संख्या १ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button