सृजनाको चौतारी

अब एउटा आन्दोलन !

 

जी एन शर्मा
कविता

आमा भन्नु हुन्छ अब एक चोटी फेरि आन्दोलन गर छोरा
मैले भने किन र आमा ? सबै थोक आयो त ,
उनले एक फेर सबैतिर हेरिन् र भनिन्, खै कता आयो ? के आयो ?
म एक छिन् रोकिएँ र फेरि भनेँ , आयो त आमा राम्ररी खोजन
उनले एक फेरि सबैतिर खोजीन् र फेरि भनिन्, खै केही पनि छैन त !

अनि मैले भनेँ , आन्दोलनबाट त्यो आउँछ त ? त्यो के हो आमा ?
उनले भनिन्, तेरो गाउँमा तँ बस्न पाउने अधिकार
सत्य र झुठो भन्न पाउने अधिकार
मान्छेले मान्छे खान पाईदैन भन्न
निर्धा र निमुखा पनि बाँच्न र हाँस्ने अधिकार

मैले भनेँ, सबै थोक छ त आमा
सबै बाँचे जस्तै छन् त अनि सबै हाँसेकै जस्ता देखिन्छन् त आमा !
आमा मधुर स्वरमा भनिन्, हाँसे जस्ता र बाँचे जस्ता मात्रै हुन्
बोले जस्तो मात्र गर्न सकेका हुन् ति मान्छेहरु
अझै कहाँ बोल्न पाएकाछन् लाटा !

अनि आन्दोलनले नै आउँछ त यो सब ?
के मौनतामा आउँछ त मुक्ति र स्वतन्त्रता लाटा ?
कसै सँग भिख मागेर होइन छिनेर लिनु पर्छ
सुन्दै न सुन्ने कानहरु र न देख्नेहरुसँग लिनेनै लडेर हो
आमाले भनिन्
लुटाहाका बस्तिमा , मौन धारण गरेर बल्दैन अधिकारको आगो
चुसाहाको गाउँमा , जप गरेर फल्दैन समानताको फूल
त्यसैले तेरा लागि र मेरा लािग लडेर लिनु पर्छ आफ्नो हक
कान खोलेर सुन्
अब एक पटक आन्दोलन चाहिएको छ
न्यायका लािग, असमानता मिल्काउन
सत्यका लागि, झुठलाई मसानमा पु¥याउन
एउटा अन्तिम आन्दोलन, देश र जनताको पक्षमा
लड छोरा अब एक पटक लड
देश र जनताको पक्षमा
एउटा आन्दोलनमा समर्थन गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button