२० मंसिर २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । आज (शनिबार)झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ । नेपालको पूर्वी नाका काँकरभिट्टादेखि विर्तामोडसम्म दश हजार मोटरसाइकल, ३ सय साना गाडी र ५० वटा बस सडकमा उतार्ने तयारी रहेको र्याली व्यवस्थापन समितिका संयोजक धुब्रकुमार उप्रेतीले चौतारी पोष्ट अनलाइनलाई जानकारी दिए ।
नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य भएको १२ वर्षपछि देशका प्रमुख सहरहरुमा पुनः राजसंस्था तथा हिन्दू राष्ट्रका पक्षमा र संघीयताको खारेजको पक्षमा प्रदर्शन यो पहिलो प्रदर्शन हुन लागेको हो ।हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता लगायतका विषयमा पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा सडक प्रदर्शनमा उत्रेको राप्रपाका युवा नेता शुशिल आचार्यले बताए ।
राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालले बिर्तामोडमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा झापाका अध्यक्ष अमर विष्टले सरकारलाई दवाब सृजना गर्न शनिवार झापामा शक्ति प्रर्दशन गर्ने बताए ।काँकरभिट्टाबाट एकैसाथ १० हजार मोटरसाइकल ¥याली निकालेर बिर्तामोडमा आएर भब्य कोण सभामा गर्ने कार्यक्रम रहेको भएको पत्रकार सम्मेलनमा राप्रपा झापाका नेतारुले जानकारी दिएका छन् ।



