भिडियो चौतारीमूल खबर

झापामा राजावादीको गर्जन ,नेपालले संघीयता धान्न सक्दैन, त्यसैले राजसंस्था हटाउनु हुँदैन’–लिङ्देन(काँकरभिट्टादेखि बिर्तामोड सम्मको मोटरसाईकल ¥यालीको भिडियो समेत)

२० मंसिर २०७७
चौतारी पोष्ट अनलाइन डेक्स
झापा÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले संघीयता नेपाल जस्तो सानो देशले धान्न नसक्ने हुँदा राजसंस्था र हिन्दू राष्ट्र हटाउन नहुने बताएका छन् ।
राजसंस्था, हिन्दू राष्ट्र पुर्नस्थापना र संघीयता खारेजीको पक्षमा राप्रपा झापाद्धारा शनिबार आयोजित मोटरसाइकल र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाललाई कुनै न कुनै प्रकारको राजसंस्था आवश्यक पर्दछ’ झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले भने–‘त्यसैले, २०६२÷६३ को राजनीतिक परिवर्तनपछि पनि राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठिरहेको छ ।’
हिन्दू राष्ट्र कुनै जात विशेषको मात्र नभई नेपाल र नेपाली जनताको एकता, पहिचान र गौरवसँग गाँसिएको विषय भएकाले संघीयता आवश्यक नरहेको उनको भनाई थियो ।
देशलाई आवश्यक परे जनता अब धर्म निरपेक्षता र गणतन्त्र ल्याउने काठमाडौं घेर्न जाने बताउँदै नेता लिङ्देनले भने–‘यो त कास्टिङ मात्र हो, अन्त्य होईन, सुरुवात मात्र हो ।’
सम्बोधनका क्रममा गणतन्त्रका पक्षधरहरुप्रति लक्षित गर्दै उनले भने–‘धर्म निरपेक्षता र गणतन्त्र अवस्था र व्यवस्था मात्र हो, साध्य होईन, साधन मात्र हो ।’
अहिलेसम्मको अभ्यासले गणतन्त्र र धर्म निरपेक्षतालाई असफल व्यवस्थाका रुपमा प्रमाणित गरिसकेको नेता लिङ्देनले दावी गरे।


राप्रपा जिल्ला सचिव केशव ओझाले सञ्चालन गरेको सभामा जिल्ला अध्यक्ष अमरबहादुर विष्ट, राष्ट्रिय युवक संगठनका जिल्ला अध्यक्ष राजकुमार राईलगायतले सम्बोधन गरेका थिए । त्यसअघि काँकरभिट्टामा आयोजित र्याली उद्घाटन कार्यक्रमलाई राष्ट्रिय युवक संगठनका केन्द्रीय उपाध्यक्ष तथा र्याली व्यवस्थापन समिति संयोजक ध्रुवकुमार उप्रेतीले सम्बोधन गरेका थिए ।

 


कोण सभामा पूर्व मन्त्री रामकुमार सुब्बा, पूर्व सहायक मन्त्री, टेकनारायण राजवंशी, राप्रपा केन्द्रीय सचिवालय सदस्य भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य राजकुमार पोखरेल, पूर्वाञ्चल संयोजक रामकुमार थापालगायतको उपस्थिति थियो ।
संघीयता खारेजीको माग सहित राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आयोजित मोटरसाइकल ¥यालीमा हजारौंको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button