खेलकुद

भ्यालेन्सिया बराबरीमा रोकियो

मंसिर २३, २०७७

एजेन्सी – घरेलु मैदानमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले उच्च प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा भ्यालेन्सिया गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा बल पोसेसनमा घरेलु टोलीले नै पकड बनाएपनि गोलको उल्लेख्य मुभ बनाउन सकेको थिएन । खेलको पहिलो मिनेटमा नै गोन्कालो डुइडेजको प्रहारलाई एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले बचाएका थिए ।

२४औं मिनेटमा घरेलु टोलीका सर्जियो अल्भारेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एइव अग्रता लिनबाट चुक्यो । ३२औं मिनेटमा किके गार्सियाको प्रहारमा भ्यालेन्सियाका गोलरक्षक जोउमे बाधक बने ।

५३औं मिनेटमा एइवरका गोलरक्षक मार्काे डिमिट्रोभले डाइभिङ दिलै उत्कृष्ट बचाउ गरेपछि भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो । युरोस रासिसको पेनाल्टी बक्सबाहिरको भली प्रहारलाई उनले डाइभ दिदै बचाउदा बल क्रसबारमा लाग्दै फर्कदा उनी आफैले नियन्त्रणमा लिन सफल भए ।

त्यसपछि दुवै टोलीले गोलका केही प्रयास गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । यो बराबरीले एइवर १२ खेलबाट १४ अंक जोडेर ११औं स्थानमा रहँदा भ्यालेन्सिया १३ अंकसहित १३औं स्थानमा रह्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button