खबर

बाल क्लबको अध्यक्षमा घिमिरे

१४ फागुन २०७७
नकलबन्दा । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन्।
बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् ।
मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, सहसचिवमा नेहा राजवंशी र कोषाध्यक्षमा शिल्पा गुरुङलाई चयन गरेको छ ।
११ सदस्यीय उक्त क्लबको सदस्यहरुमा सुजित खड्का, कविराज अछामे, पारु मगर, समिर धिमाल, सुजन राजवंशी र विनय दनुवार छन् ।
सो अवसरमा प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, प्रधानाध्यापक भरतकुमार दाहाल, क्लबका संरक्षक शिक्षक प्रकाश खड्कालगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यसक्रममा प्रमुख अतिथि वडा अध्यक्ष थापाले प्रधानाध्यापक दाहाललाई विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेका शिक्षक रमेश निरौलाले जानकारी दिए ।
कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का सदस्य मेघराज गेलाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पकुमार गेलाललगायत शिक्षक–शिक्षिकाको आतिथ्यता थियो ।
आयोजक मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन मञ्चका सहसचिव युवराज दाहालले गरेका थिए ।
‘बाल अधिकारका कुरा, मिलेर गरौं पूरा’ भन्ने मूल उद्घोषसहित स्थापना भई क्रियाशील रहेको मञ्चले बालबालिका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button