खेलकुद

चौथो खुला लनटेनिसमा प्रेरणा र रितिक विजेता

१८ फाल्गुन २०७७
newsofnepal
यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् । मंगलबार भएको फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन।

महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन । पाच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन । यसैगरि ४५ प्लसतर्फ चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरि ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले।

एक समारोहका बिच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका के उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीकाअध्यक्षमनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङ, रुपन्देही लनटेनिस संघका अध्यक्ष संजय प्रकाश श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवालीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । यसैबिच नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button