स्वास्थ्य

बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ : प्रधानमन्त्री ओली

फागुन १८, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन्।

उनले बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी पनि दिए।

‘बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ। यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यो अस्पताल अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ। केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं। यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ।’

मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगको सिफारिस अनिवार्य चाहिन्छ। आयोगले भौतिक पूर्वाधार, जनशक्ति लगायतका मापदण्ड पूरा भएका कलेजलाई सम्बन्धन दिन विश्वविद्यालयलाई सिफारिस गर्ने नियम रहेको छ। तर उक्त प्रक्रिया नै पूरा नगरेको बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिन लागेको प्रधानमन्त्रीले नै सार्वजनिक रुपमा भनेका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button