मूल खबर

प्रचण्ड संसदीय दलको नेता चयन

जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

बैठक अघि प्रचण्ड–नेपाल समूहले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button