खबर

वामफ्रन्ट प्रार्थीको आंशिक सूचीको घोषणा

वामफ्रन्ट प्रार्थीको आंशिक सूचीको घोषणा
मार्च 5, 2021

वामफ्रन्टले 2021-को विधानसभा चुनाउको लागि आंशिक प्रार्थीको सूचीको घोषणा गरेको छ। आज साँझ एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्ट चेयरम्यान विमान बसुले वाम-कङ्ग्रेस र आईएसएफ गठबन्धनको प्रार्थी र वामफ्रन्टको आंशिक प्रार्थीको नाम घोषणा गरियो। आज 60 वटा केन्द्रमा वामफ्रन्टको प्राथीहरूको नाम घोषणा गरियो। अर्कोतिर, कङ्ग्रेस र आईएसएफ प्रार्थीको नाम पछि घोषणा गरिने विमान बसुले जानकारी गराए।

स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 -को ग्राण्ड फिनाले भोलि


मार्च 5, 2021

खरसाङ: खरसाङको तीनधारे-महानदी स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 -को ग्राण्ड फिनाले भोलि 6 मार्चको दिन तीनधारेमा हुने भएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2-का पदाधिकारीहरू आज तीनधारेको चिल्ड्रेन पार्कमा उपस्थित भएर अन्तिम तयारी गरे। भोलि हुने ग्राण्ड फिनालेको लागि स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को मुख्य संयोजक राजीव थापा, सभापति सुकुमार बराईली, सचिव युवराज सुन्दास, कोषाध्यक्ष सीबी राई, सञ्जीव मगर, कुसाङ लामा आदि उपस्थित भएर अन्तिम तयारीको निरीक्षण गरेका थिए। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै सभापति सुकुमार बराइली र सचिव युवराज सुन्दासले स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनाले 6 मार्च शनिबारको दिन तीनधारेको चिल्ड्रेन पार्कमा दिउँसो 1 बजेदेखि हुने भएको बताए। सचिव युवराज सुन्दासले पत्रकारहरूसित कुराकानी गर्दै भोलि हुने तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनालेमा मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अनित थापा उपस्थित रहने तथा दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेल, डेजी बराईली, विवेचना लम्जेल, मिरिकबाट गायिका भावना थापा र सङ्गीतकार कैलाश राई पनि उपस्थित रहने जानकारी गराए। तिनले स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को ग्राण्ड फिनालेमा विजेतालाई नगद राशि 75 हजार, उप विजेतालाई 50 हजार र तेस्रो हुनेलाई 20 हजार रुपियाँ प्रदान गरिने बताए।

विधानसभा चुनाउमा अशोक भट्टाचार्यलाई पराजय गर्न भूमिपुत्र प्रार्थी आवश्यक: नान्टु पाल


मार्च 5, 2021

सिलगढी : सिलगढी विधानसभा आसनको लागि तृणमूल प्रार्थीको रूपमा ओमप्रकाश मिश्रको नाम घोषणा गरेपछि तृणमूल नेता नान्टु पालले क्षोभ प्रकट गरे। तिनले बताएअनुसार सिलगढीबाट अन्य कसैलाई प्रार्थी चयन गरे तापनि कुनै असुविधा थिएन तर ओमप्रकाश मिश्रलाई तृणमूल प्रार्थीको रूपमा चयन गरेकोमा आफू असन्तुष्ट रहेको बताए। तिनले अझ भने, अशोक भट्टाचार्यलाई पराजय गर्नको लागि सिलगढीको आसनमा भूमिपुत्र चयन गरिनु उचित थियो। यसको साथै बाहिरको विधायक भएको खण्डमा साधारण मानिसहरूलाई निक्कै असुविधा हुने भएकोले सिलगढी आसनबाट भूमिपुत्रलाई नै छनौट गरिनुपर्ने आवश्यक रहेको तिनले बताए। सिलगढीको विकासको लागि धेरैवटा कार्यहरू गर्न बाँकी रहेको छ भने ती कार्यहरू बाहिरका मानिसले गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई लिएर तिनले सन्देह प्रकट गरे। केही दिनअघि ओमप्रकाश मिश्र मुख्यमन्त्रीको समालोचक थिए भने आज तिनलाई सिलगढी आसनको लागि प्रार्थी चयन गरेकोमा तिनले असन्तुष्टि व्यक्त गरे।
सौरेनीमा भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्द्धसैनिक सङ्गठनको नयाँ भवनको उद्घाटन


मार्च 5, 2021

मिरिक : भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्द्धसैनिक सङ्गठनको नयाँ भवनको आज सौरेनीमा विधिवत् रूपमा उद्घाटन गरियो। उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता सुबेदार प्रेम कुमार राईले गरेका थिए। उद्घाटन कार्यक्रममा गोजमुमो विनय खेमा नेता अरूण सिग्ची प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने विशिष्ट अथितिहरूमा भूतपूर्व कर्णल केशव राई, भूतपूर्व सैनिक सदस्यहरू लगायत भूतपूर्व सैनिकका परिवारका सदस्यहरू उपस्थित थिए।

बिमल खेमा गोजमुमो रिम्बिक लोधोमा समष्टिको समष्टि स्तरीय कर्मी सभा


P मार्च 5, 2021

रिम्बिक: गोजमुमो बिमल खेमा रिम्बिक लोधोमा समष्टिको कर्मी सभा सम्पन्न भयो। रन्जन सोताङको सभापतित्वमा सम्पन्न सभा समष्टि संयोजक मणि कुमार सुब्बाले सञ्चालित गरेका थिए। सभामा समष्टिका 19 वटा मतदान केन्द्रको निम्ति चुनाउ कमिटी गठन गरियो। सभामा समष्टिका 6 वटा शाखा संयोजक पुण्य प्रसाद कोइराला, गजेन्द्र लिम्बु, दिपेन राई, बालकुमार छेत्री, मोहन लिम्बु, बिनोद छेत्रीहरूले शाखा प्रतिवेदन राखे भने ललितचन्द प्रधानद्वारा सम्पूर्ण चुनाउ कमिटीको नामावली सार्वजनिक गरे। सभामा नरेन्द्र काम्बाङ, भक्त खडका, भक्त दिलपालीले आउँदो विधानसभा चुनाउमा समष्टिको मतदान बिमल गुरुङ पक्षमा ‘क्षेत्रीय दल क्षेत्रीय उम्मेदवार क्षेत्रीय मुद्दाले’ धेरै मात्रामा मतदान पाउनेमा विश्वस्त रहेको बताए। उक्त सभामा वक्ताहरूले विनय-अनितले झुटो विकासको खोक्रोपन सँग जातिय गरिमाको माग अनि मुद्दाको तुलना गर्नु जतिको लाजमर्दो कुराबाहेक अरू नरहेको बताए।

सभामा नरेन्द्र काम्बाङले विकास हाम्रो जिम्मेवारी र कर्तव्य हो तर गोर्खाल्यान्ड हाम्रो मुद्दा अनि अधिकार हो। गोर्खाल्याण्ड नभएसम्म आफूहरू लागिपर्ने कटिबद्धता जाहेर गरे। विनय अनितले साढे तीन वर्ष केवल गोर्खाल्याण्ड पन्थीलाई मास्ने भूमिगत अनि तिनीहरूको परिवार बिमल समर्थकहरूलाई प्रताडना गर्नुमा मात्र आफ्नो श्रम अनि सोच खर्चाएको, शहीद परिवारहरूलाई समेत राजनीतिक भिक्टिमाइज गरेकोमा नरेन्द्र काम्बाङले निन्दा गरे। सभामा बाबु राम शर्माले समष्टिमा शिक्षक नियुक्तिमा समेत भाइ भतिजावाद गरेको आरोप लगाए।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button