फागुन २४, २०७७
एजेन्सी – इटालियन सिरी ‘ए’ नेपोलीले बोलोग्नालाई पराजित गरेको छ । नेपोलीले बोलोग्नालाई ३–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा भिक्टर ओसिमहेनले एक गोल गरे । बोलोग्नाका रोबर्टाे सोरियानोले एक गोल फर्काए ।
स्टेडियो डिएगो अर्मान्डो म्याराडोना नेपोलीमा आइतबार रासत भएको खेलमा नेपोलीले खेलको आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेको गोलबाट अग्रता लिएको थियो । उनले पिओटर जिलिन्स्कीको पासमा गोल गरेका थिए ।
६५औं मिनेटमा भिक्टर ओसिमहेनले पिओटर जिलिन्स्कीको पासमा गोल गर्दै नेपोलीको अग्ता दोब्बर पारे । ७३औं मिनेटमा रोबर्टाे सोरियानोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
उनले एन्ड्रियस ओल्सेनको पासमा गोल गरेका थिए । ७६औं मिनेटमा इन्सिग्नेले गोल गर्दै नेपोलीको ३–० को जित पक्का गरे ।
जितसँगै नेपोली २५ खेलबाट ४७ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ । पराजित बोलोग्ना २८ अंक जोडेर १२औं स्थानमा छ ।hamrokhelkud/from



