खेलकुद

सिटीको अपराजित यात्रामा पुर्णविराम

फागुन २४, २०७७

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति म्यानचेस्टर डर्वीमा युनाइटेडसँग घरेलु मैदानमा २–० ले पराजित भएसँगै २९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजत भएपछिको २८ खेलसम्म सिटी अपराजित रहेको थियो । जसमा २५ जित र ३ बराबरीको नतिजा रहेको थियो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको हारमा ब्रुनो फर्नान्डेस र लुका साले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट युनाइटेडले अग्रता लिएको थियो । पेनाल्टी बक्समा एन्थोनी मार्सियाललाई गाब्रियल जेससले लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेस चुकेनन् ।

५०औं मिनेटमा लुका साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनायो । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । दुई गोलले पछि परेपछि सिटीले लगातार दवावमा राखेपनि युनाइटेडको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि युनाइटेड २८ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी २८ खेलबाट ६५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सिटी शीर्षस्थानमा ११ अंकले अघि छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button