मूल खबर

संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित

२६ फाल्गुन २०७७
न्युज अफ पाल ,काठमाडौं ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा। राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button