विचार

साम्राज्यवादी पुँजीवाद र सर्वहारा क्रान्तिको सवाल


२०७७ चैत्र ५
– कृष्ण गुरुङ ‘अस्मान’

१) जसको चरित्र विभेदकारी छ ।
२) जुन विधि नियन्त्रणमा आधारित छ ।
३) जो नीतिमा हरेक चिजको केन्द्रीकरण जारी छ ।
– त्यो साम्राज्यवादी तत्व हो

वर्तमान साम्राज्यवादको रुप पुँजीवाद हो, “जसको स्वरुप उत्पादन, वाणिज्य र वित्त आर्थिक केन्द्रहरु हुन, त्यसद्वारा उसले आजको दुनियाँमा नियन्त्रण तथा अधिनायकत्व कायम राखेको छ, हरेक वस्तुमाथि आर्थिक कारणले विभेद गर्नुको साथै सबै अधिकारको अधिकरण गर्दै एकाधिकार लागु गर्दछ । त्यो खुल्ला बजार अर्थतन्त्रको जगमाथि उभिएको छ, व्यक्तिगत मुनाफामा आधारित यसको जीवनचक्र शोषण र अतिरिक्त मुल्यको बक्रमा चलिहरन्छ । उत्पादन, उपोगिता र उपयोगको चक्रमा परिक्रमा गर्ने त्यसको कृयाकलापले संसारको हरेक ठाँउमा उसको पहुँच बनाएको छ । पुँजीका आधारहरु उत्पादनका स्रोतहरु तथा साधनहरु र उपभोक्तालाई पूर्णरुपले अधिनमा राख्दछ । विद्युतीय गतिको उत्पादन तथा साधनहरु र उपभोक्ताहरुको बजार पुर्णरुपले अधिनमा राख्दछ, विधुतिय गतीको उत्पादन तथा नक्कली प्रतिस्पर्धाद्वारा हरेक बजारमा सर्बप्रथम नियन्त्रण गदै नेपाल जस्ता तेस्रो मुलुकमा रहेका निर्वाहामुखि परम्परागत उत्पादन प्रणालीलाई पूर्णरुपमा ध्वस्त पार्दछ ति देशका आमनागरिकलाई फगत उपभोक्तामा बदल्दछ साथै त्यस्ता देशहरुको अर्थतन्त्रलाई समाप्त पादै आफ्नो अनुकुल अधिनस्थ गर्दछ ।
अल्पविकसित र सिमान्तकृत जस्ता देशका सरकारहरु साम्राज्यवादी पूँजी परीचालित गर्ने दलाल केन्द्रहरुमा परिणत हुन्छन् । साथै, तिनिहरुले संस्थागत रुपमानै साम्राज्यवादको अस्तीत्व स्वीकार गर्दछन् । त्यसका कारण आफनो उत्पादन प्रणाली सामाप्त गर्दै जनताहरुलाई पूर्ण बेरोजगार तथा पहुँचवालालाई भ्रष्टाचार गर्न बाध्य पार्दछ । स्वयम् सरकार सञ्चालन गर्न र अकुत सम्पत्ति भ्रष्टाचार गर्न जनताको नाममा खरबौं ब्याज ऋण लिने त्यस्ता मुलुकहरुको भविस्य दिनप्रतिदिन संकटमा पर्दै गैरहेको छ । पँुजीवादी ब्यवस्थामा मानिसको ब्यक्तित्व भन्दा पुँजीको अस्तित्व माथि हुन्छ । मान्छेले के पढने, काहाँ बस्ने, के चढ्ने, के खाने, कस्तो जीवन बाँच्ने भन्ने जस्ता व्यक्तिगत चाहानामाथि पूँजीले नियन्त्रण गर्दछ । आफ्नो शरिरमाथि आफ्नो अधिकार समेत नरहने पूँजीवादी व्यवस्थाले संसारको भुगोल वस्तु र चिज, चाहना, समेतमा निषेध गर्दछ । पूँजी मार्फत संस्कार, व्यक्ति, भुगोल, सरकार, समुदाय देश आदि सबैमाथि साम्राज्यवादीले नियन्त्रण गर्दै शासन र शोषण गर्दछ ।
साम्राज्यवादले सर्बप्रथम उत्पादन पूँजीका सबै स्रोताहरु नियन्त्रण गर्दछ, वर्तमान साम्राज्यवादको नाईके अमेरिकाको नेतृत्वमा विभिन्न पूँजीका केन्द्रहरु विविधिकरण गरेको छ । समग्रमा आफुले नेतृत्व गरेको उत्पादनका स्रोतहरु मध्ये पेट्रोलियम भण्डार, सुन खानी, तामा खानी, पितल खानी, कोईला खानी, ग्यास भण्डार आदि अन्य देशका श्रोतसाधनमा हाल अमेरिकी नियन्त्रण छ । कतिपय ठाउँमा उसको सेना राखिएको छ भने कतिपय देशहरुमा उसको श्रोतहरु उपयोगको नाममा सानो करको वाहाना र कैयौ श्रोतहरु अनेकौ वाहानामा जबरजस्ती कब्जा गरेको छ । श्रोतहरु कब्जा गरेर मुनाफा वाडफाँड गर्नको लागी सम्राज्यवादीहरुले एक आपसमा मिलेमोतो गरी विभिन्न वहुराष्ट्रिय कम्पनीहरु खोलेका छन् । जस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, युरोपीयन युनियन तथा महावाणिज्य दुतावास आदी यसका संक्षीप्त उदाहरुणहरु हुन् । सैन्य रुपमा नेटो र न्यायको नक्कली क्याम्प अन्तर्राष्ट्रिय न्यायालय तथा तिनीहरुको समग्र रुप संयुक्त राष्ट्र संघ आदि हुन् । साम्राज्यवादले यी सबै शक्तिको निर्विवाद उपयोग, परिचालन र उपभोग गर्दै आइरहेको छ । अल्पविकसित मुलुक र सर्वहारा वर्गको अस्तित्व संकटमा पर्दै गैइरहेको हालको सन्दर्भमा राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा राष्ट्रिय मुक्ति आन्दोलन र त्यसको समग्र रुप वर्ग संघर्ष अनिवार्य सर्त बन्न पुगेको छ । अठारौं सताब्दीमा भौतिक रुपले उपस्थित साम्राज्यवाद अहिले पुँजीवादी तत्व मार्फत संचालित छ, त्यसको अन्त्य विना मानव जातिको भविस्य नै जिवन मरणको खतरामा परेको छ ।

हरेक देश, व्यक्ति, समुदाय, भुगोल र साधनमाथि उनीहरु जहाँ भएपनि उही खतराको घण्टी बजिरहेको छ । उत्पादन श्रोत कब्जा र केन्द्रीकरण गर्दै हरेक देश र नागरीकलाई आन्तरिक श्रोतबाट च्युत पार्दै लागिरहेको छ । जनताहरु गास, बास, कपासबाट भौतारीरहेको अवस्थालाई दुरुपयोग गरी साम्राज्यवादले त्यस्ता मुलुक वा देशहरुमा ब्याज मुनाफामा ऋण स्वरुप उत्पादित वस्तु, उपभोक्ता बजार र त्यसको खरिदको लागि वित्तीय संस्था सघनरुपमा परिचालित गरेको छ । अन्त्यतः त्यस्ता देशका नागरिकहरुको भूमि आफ्नो बास, स्थान, घडेरी बाहेक केही नरहने भएकोले त्यही धरौटीमा राख्दै व्याजमा ऋण परिचालन गरिएको हुन्छ, बेरोजगारी श्रोतविहिन त्यस्ता देशका नागरिकहरुको ऋणको व्याज चुलिदै गएर जब भुमि घर घडेरी लिलाम हुनेछ, त्यसदिन जनताको आफ्नो भन्नु केही रहने छैन । एकदिन सम्पूर्ण भुगोल, साधन, घर, वस्ती र वजार सबै साम्राज्यवादीको हुनेछ , आफ्नो भन्नु केही रहेन छैन साम्राज्यवादीका दलालहरु वाहेक आम नागरिकहरुको एक दिन सिद्धान्ततः देश त हुनेछ तर पुजिकेन्द्रीकरणका कारण कतै आफ्नो भन्नु शिन्को समेत रहने छैन, साम्राज्यवादका दलालहरु वाहेक त्यसदेशको हरेक ठाउँमा गाडी त हुने छ तर त्यसमा त्यस देशको नागरिकले खुट्टा राख्न पाउने छैन घर त हुनेछ त्यहा आर्थिक विना उसले बास बस्न पाउने छैन, बजार त हुने छ तर त्यहा आम जनताले सिन्को समेत उठाउन पाउने छैन, यसरी पुँजी मार्फत साम्राज्यवादले मानिसहरुमाथि दासयुगको सुरु गर्ने छ । त्यस देशको श्रोत साधन भुमि र उत्पादनका साधन सवै साम्राज्यवादको हुनेछ । नेपाल जस्तो अल्पविकसित र सिमान्तकृत देशहरुमा जनताहरु आफ्नै देश र भुमिभित्र पराधिन हुनेछन, उनिहरुको चरित्र स्वभाविक दलाल नोफर हुनेछ । दलाल व्यापारीहरु पनी केन्द्रीकरणको संक्रमणबाट एकदिन एकाधिकार साम्राज्यवादी पुँजीवादमा ध्वस्त हुदै उनीहरुको अस्तित्व समेत पूर्ण रुपमा समाप्त हुनेछ ।
साम्राज्यवादका पुँजीवादी केन्द्रहरु पुँजीका तीन रुप– उत्पादन पुँजी, वाणिज्य पुँजी र वित्त पुँजी हरेक देशको वजारमा परिचलित भएको छ, उत्पादन पुँजीले सम्पूर्ण मानिसलाई उपभोक्तामा बदल्ने छ भने बाणिज्य पुँजीले साम्राज्यवादका बहुराष्ट्रिय आर्थिक केन्द्रिकरणको कार्य गर्नेछ । वित्त पुँजीले आर्थिक हैसियत गुमाई सकेका केवल उपभोत्ता मात्र रहेका आम नागरिकहरुमा आर्थिक ऋण व्याज स्वरुप परिचालित गरि बैंकहरुद्वारा जनताको घर घडेरी लिलाम गर्दै पुँजीवादी साम्राज्यवादको एकाधिकार हरेक व्यक्ति वस्तु भुगोल तथा उत्पादका स्रोत साधनमाथि पूर्ण रुपले नियन्त्रण र केन्द्रिकरणमार्फत निषेध गर्ने छ । सम्पूर्ण संसारमा पूँजीमार्फत सामाज्यवादले निर्विवाद शासान र शोषण गर्ने छ ।
हाल नेपालले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरे पश्चात खुला बजार अर्थतन्त्रमा प्रबेशसंगै आफ्नो आन्तरिक उत्पादन समाप्त र ध्वस्त पार्दै आफ्नो अस्तित्व पूर्णरुपामा धरापमा परोको छ । देशको आफ्नै बैंक नेपाल राष्ट्र बैंक बहुराष्ट्रिय वित्त कम्पनीको एक अंग र साधन बन्दै स्वयम् सरकारलाई विश्व बैंक आदिबाट ऋण जुटाईदिने एक अभिभावक र मालिक बन्न पुगेको छ । त्यसद्वारा नेपाल सरकारले बहुराष्ट्रिय कम्पनी पुँजीवादी साम्राज्यवादका सर्तहरु आम नागरिकमा लागु गर्दछ । सरकार स्वयम् साम्राज्यवादको ऋण परिचालन असुलि र जनताको धितो लिलाम गरी नागरिकको छाकवास उठाउने दलाल प्रतिनिधिको रुपमा उपस्थित हुनेछ । नेपाल राष्ट्रिय बाणिज्य बैंकले साम्राज्यवादको बजार सञ्चालन तथा पुँजी केन्द्रिकरण गर्नका लागि आर्थिक अनुशासन तथा शासन कायम राख्न अहम भूमिका खेलेको छ । औद्योगिक पूँजीवाद वा मालद्वारा बजार पूर्ण नियन्त्रण गरेको सामाज्यवादले स्वतः त्यस्ता देशका सरकारलाई गोटीको रुपमा परिचालित गरेर आफ्नो स्वार्थ सिद्ध गरिरहेको हुन्छ । न तिर नर तरवार फेरी पनि गहिरो वार भने जस्तै त्यस्ता अल्पविकसित, सिमान्तकृत र उत्पीडित सरकार जो सम्राज्यवादी दलाल प्रतिनिधिको रुपमा उपस्थित हुन्छन् । त्यस्तो नोकर सरकार र जनताहरु विच भिषण जीवनमरणको लडाई चलिरहेको हुन्छ । सहरका सबै घर जग्गाहरु यो वा त्यो वाहानामा बैंकहरुमा धितो राखिएको हुन्छ, त्यस्तैसम्पूर्ण पहाडी जग्गाहरु धरौटी राख्दै दलालहरु मार्फत साम्राज्यवादी ऋण परिचालित गरिएको हुन्छ । गरिमा, सानीमा, छिमेकी, हिमाली वा मयुर जे नामका वैंक भए पनि ती विदेशी तथा स्वदेशमा रहेका बहुराष्ट्रिय वित्त कम्पनीद्वारा परिचालित ऋणका व्याजे दलालहरु नै हुन । त्यो ऋण परिचलनमा अल्पविकसित तथा सिमान्तकृत देशका दलाल सरकारहरुको पूर्ण रुपले साझेदारी हुन्छ, यस कारण हरतरहले यो लडाई पुँजीवादी र सर्वहारा वर्गबीच तथा जनता अनि सरकारका साथै साम्राज्यवाद र समानतावादी विचारका माझ वर्ग संघर्षको रुपमा अभिव्यक्त हुन्छ । अन्ततः सम्राज्यवादले विभेद, नियन्त्रण, निषेध र केन्द्रिकरणद्वारा सरकारमार्फत सबै नागरिकलाई सियो देखि लिएर कुनैपनि वस्तु किन्नै नसक्ने ठाउँमा पु¥याउँछ । त्यसको विपरीत वैज्ञानिक समाजवादले अवसरमा एकरुपता, अधिकारमा स्वतन्त्रता, वितरणमा समानता, उत्पादनामा बैज्ञानिकता प्रदान गर्दछ । वर्तमान उत्पीडित राष्ट्रहरुको र सर्वहारा वर्गको न्यूनतम उद्देश्य माम, ठाम, काम र दाम हुनपर्दछ भने अधिकतम लक्ष्य क्षमता अनुसारको काम आवश्यकता अनुसारको दाम, इच्छा अनुसारको शिक्षा, सबै विमार निः शुल्क उपचार तथा आत्मनिर्णयको अधिकार आफ्नो चाहाना, आफ्नो सरोकार, न्यूनतम कार्यक्रम जनवादी राज्यव्यवस्था र अधिकतम परिणाम समाजवाद तथा साम्यवादी लक्ष्यका लागि जनतन्त्र, जनजीविका तथा राष्ट्रियता सहितको राष्ट्रिय मुक्ति आन्दोलन र त्यसको समग्र रुप वर्गसंंघर्षमा मात्र उत्पीडित राष्ट्रहरुका साथै सर्वहारा वर्ग र राष्ट्रको मुक्तिमा नेपालको भविष्य निर्भर गर्दछ ।
(लेखक नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हुनुहुन्छ ।)moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button