खबर

राजीनामा दिन बाध्य भए: महान्यायाधिवक्ता अग्नि खरेल

चैत्र ०६, २०७७

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले जानकारी दिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button