कला

पहिलो श्रीमतीप्रति आमिरको सम्मान

एजेन्सी, मुम्बई, 2021/03/19

बलिउड सुपरस्टार आमिर खान आफ्नो नीजि जीवनलाई मिडियाबाट सकेसम्म गोप्य राख्न चाहन्छन् । त्यसैले उनको व्यक्तिगत जीवनको चर्चा कमै हुन्छ । उनी आफैं पनि नीजि जिन्दगीको बारेमा निकै कम कुरा गर्ने गर्दछन् । यद्यपि, उनको नीजि जिन्दगी निकै उतार-चढावले भरिएको छ । उनको पहिलो विवाह रीना दत्तासँग बलिउडमा डेब्यू गर्नुभन्दा अगाडि नै भएको थियो ।

विवाहको करीब १६ वर्षपछि उनीहरुको सन् २००२ मा डिभोर्स भएको थियो । तर, डिभोर्सपछि पनि आमिर र रीनाको सम्बन्धमा कुनै तिक्तता आएन । उनीहरु आज पनि एकअर्कालाई निकै सम्मान गर्ने गरेका छन् । आमिरले एकपटक पहिलो विवाहको बारेमा भनेका थिए, ‘रीना र म १६ वर्षसम्म एकअर्काको साथमा थियौं र जब हाम्रो सम्बन्ध टुट्यो, त्यो मेरो लागि पीडादायक क्षण थियो ।’

उनले रीनालाई एक अद्भुत व्यक्ति भनेका छन् । १६ वर्ष रीनासँग बस्ने मौका मिलेकोमा उनी आफूलाई भाग्यमानी पनि ठान्छन् । उनी यो सम्बन्धबाट आफूले धेरै कुरा सिक्न पाएको उनको भनाई छ । उनीहरुको तर्फबाट दुई सन्तान छन्– छोरा जुनैद र छोरी इरा । रीनासँग सम्बन्ध विक्षेद भएको तीन वर्षपछि सन् २००५ मा आमिरले निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button