मूल खबर

क्वाडको विरुद्धमा चीन र रूसले बनाए ’क्षेत्रीय सुरक्षा संवाद मञ्च’

दिए अन्य देशको घरेलु मामिलामा दख्खल नदिन र क्षेत्रीय टकरावका लागि स–साना समूह नबनाउन अमेरिकालाई चेतावनी

२०७७ चैत्र १२

एजेन्सी । चीन र रुसले क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै अमेरिकाको क्वाडका विरुद्ध क्षेत्रीय सुरक्षा संवाद मञ्च बनाउने प्रस्ताव अगाडि सारेका छन् । यो प्रस्ताव दक्षिणी चीनस्थित गुइलिन शहरमा चीनका विदेश मन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेई लावरोफका बीच भएको बैठकपछि आएको हो । बैठकमा दुवै देशका विदेश मन्त्रीहरुले क्षेत्रीय टकरावका लागि ससाना समूह बनाउँदै नहिड्न अमेरिकालाई चेतावनी समेत दिएका छन् ।

दुवै देशले जारी गरेको एक संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले यस क्षेत्रमा देशहरुको सुरक्षा चिन्ताको समाधानका लागि एक नयाँ सहमति बनाउनका लागि एक ‘क्षेत्रीय सुरक्षा संवाद मञ्च’ स्थापनाको पनि प्रस्तावि राखियो ।”

चीन र रुस पहिलेदेखि नै शंघाई सहयोग संगठन (एससीओ)का सदस्य रहेका छन् । जसको भारत पनि सदस्य रहेको छ ।

प्रेस विज्ञप्ति मा भनेको छ, “अन्तर्राष्ट्रिय समुदाय यो मान्दै आएका छन् कि संयुक्त राज्य अमेरिकामा हालैका बर्षहरुमा विश्व शान्ति र विकासमा भएको नोक्सानमाथि विचार गर्नुपर्दछ, अन्य देशहरुको घरेलु मामलामा दख्खल दिनु र क्षेत्री टकरावको लागि साना साना समूह बनाउन बन्द गर्नुपर्दछ ।”
चीन र रुसले साना साना समूह बनाएको भनेर अमेरिका, भारत, जापान र अष्ट्रलिया मिलेर बनाइएको क्वाडको विषयमा भनेको हो । क्वाडलाई चीन र रुसका विरुद्ध बनाइएको सैन्य गठबन्धनको रुपमा उनीहरुले अथ्र्याउँदै आएका छन् ।

के हो क्वाड ?
द क्वाड्रिलेटरल सिक्योरिटी डायला‘ग (क्यूसिड), जसलाई क्वाडको नामबाट पनि जान्न सकिन्छ । यसलाई अमेरिका, भारत, जापान र अस्ट्रेलियाका बीच बनेको अनौपचारिक राजनीतिक वार्ता समूह भनिएको छ । क्वाडको स्थापनाको पछि चीनको बढ्दो प्रभाव रोक्ने उद्देश्य रहेको बताउने गरिन्छ ।

चीनका उप विदेश मंत्री, लुओ झाओहुइले यसअघि नै क्वाडलाई ’चीन विरोधी फ्रंटलाइन’ अर्थात् ’मिनी–नाटो’ भएको बताइसकेका छन् । चीनले हालै अमेरिका र भारतबीचमा भएको बेका सम्झौताप्रति पनि चिन्ता व्यक्त गरेको छ । बेका अर्थात् बेसिक एक्सचेंज ऐंड कोअ‘ापरेशन एग्रीमेंट (द्यभ्ऋब्). यस सम्झौता अन्तर्गत भारत र अमेरिका एक–अर्काका साथ अत्याधुनिक सैन्य प्रौद्योगिकी, कच्चा पदार्थ र भू–स्थानिक मानचित्र साझा गरिने लगायतका विषय रहेका छन् ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button