कृषि र किसान

चार महिनादेखि संघर्षरत संयुक्त किसान मोर्चाले ग¥यो ‘भारत बन्द’को आव्हान

२०७७ चैत्र १२

न्यूज एजेन्सी । सरकारले ल्याएका तीनवटा किसान मारा काला कानुनको खारेजीको माग गर्दै विगत चार महिनादेखि संघर्षरत भारतका करोडौं किसानहरुले आफ्नो माग पूरा गराउन २६ मार्च (भोलि शुक्रबार)को लागि भारत बन्दको आव्हान गरेका छन् । संयुक्त किसान मोर्चाको नाममा भारत बन्दको आव्हान गरिएको छ । बन्द सफल पार्न सम्पूर्ण भारतबासी आम जनसमुदायलाई अपिल समेत गरिएको छ ।
तीनवटा किसान विरोधी काला कानुन फिर्ता लिनुपर्ने लगायतका चारबुँदे माग अगाडि सारिएको छ । बन्दको क्रममा पसल, बस, ट्रेक, टेम्पो लगायत कुनै पनि सवारी साधन नचलाउन पनि आव्हान गरिएको छ ।
देशका विभिन्न भागबाट दिल्लीमा पुगेर विगत चार महिनादेखि भारतका करोडौ किसानहरुले आफ्नो माग पूरा गराउन दबाब दिए पनि भारतको मोदी सरकारले यसको सुनुवाइ गरेको छैन । भारतीय किसानहरुले संघर्षलाई थप सशक्त बनाउँदै लगेका छन् ।
यसैबीच, भाकपा माओवादीको विहार–झारखण्ड विशेष एरिया कमिटिले जारी गरेको एक प्रेस विज्ञप्तिमा मार्च २६ का लागि संयुक्त किसान मोर्चाले आव्हान गरेको भारत बन्दप्रति समर्थन गर्दै बन्द सफल पार्न आम जनसमुदायलाई आव्हान समेत गरेको छ । विहार–झारखण्ड विशेष कमिटिका प्रवक्ता आजादले जारी गरेको विज्ञप्तिमा किसानहरुको आन्दोलन र मागहरुप्रति पूर्ण रुपमा पार्टीको समर्थन रहेको उल्लेख छ । भारत सरकारले ल्याएका तीनवटा विधेयकहरु किसान विरोधी रहेको भन्दै त्यसको खारेजीका आन्दोलनलाई सशक्त बनाउनुपर्ने पनि उल्लेख छ ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button