‘समाचार र विचारको
साझा चौतारी’






खानेपानीको निर्वाचन सम्पन्न, ७५ प्रतिशत मत खस्यो, मत गणना भोलि(आईतवार)


२१ चैत २०७७
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा करीब ७५ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न मतदानमा कुल मतदाता ५ हजार २ सय ७८ मध्ये ३ हजार ९५७ मत खसेको हो ।यो संख्या कुल मतदाताको ७४।९७ प्रतिशत रहेको छ ।

आइतबार विहान ८ बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ । भोलि (आईतवार)बेलुकीसम्ममा परिणाम आउने समितिले जानकारी दिएको छ ।

मत पेटिकालाई काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइसंस्थाको कार्यालयमा राखिएको छ । काँकरभिट्टा मावि परिसरमा सम्पन्न मतदान सौहार्द वातावरणमा सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसार ५ हजारबढी मतदाताका लागि ६ वटा वुथमार्फत एकैपटक २४ स्थानबाट मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

मतदान गर्नका लागि मतदाताहरुले उल्लेख्य सहभागिता रहेको थियो। शनिबार सम्पन्न मतदानमा सुरक्षाकर्मी, निर्वाचन कर्मचारी, पर्यवेक्षकलगायतको समेत सक्रिय सहभागिता रहेको थियो ।

आगामी ३ वर्षे कार्यकालका लागि कार्य समिति र लेखा समिति गरी कुल १२ पदमा ३१ जना चुनावी प्रतिस्पर्धामारहेका थिए

प्रतिकृया दिनुहोस्