
३१ चैत २०७७
चौतारी पोष्ट अनलाइन
मेचीनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई पानीको स्रोत व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गरेकाछन् ।
मन्त्री कार्कीले मंगलबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नवनिर्वाचित समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै काँकरभिट्टामा विगतमा आफुसमेत बसेर पानीको अभाव महशुस गरेको स्मरण गर्दै खोला र इनारबाट पानी ओसार्नु पर्ने बाध्यता अहिले नरहे पनि खानेपानीको वितरण र व्यवस्थापनमा समस्या रहेको समेत बताएका थिए ।
मन्त्री कार्कीले पूर्वाधार विकास मन्त्रालयमार्फत काँकरभिट्टा खानेपानीका लागि आवश्यक बजेट छुट्याउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

सो कार्यक्रमका अर्कावक्ता संविधान सभा सदस्य रवीन कोइरालाले उपभोक्तालाई स्वस्थ पानीको पहुँच सुनिश्चित गर्दै विगतका योजना पुरा गर्न लागि पर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।
सो अवसरमा नव निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती र प्रमुुख अतिथि मन्त्री कार्कीले पद तथा गोपनीयताको सपथ खुुवाउँदै ब्याच हस्तान्तरण गरे ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री कार्की, विशेष अतिथि कोइराला, मेचीनगर उपप्रमुख मीना पोखरेल, निर्वाचन समिति सदस्य रमेश दाहाल, निबर्तमान अध्यक्ष हर्कबहादुर फ्याकले शुभकामना मन्तब्य ब्यक्त गरे ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष राजकुमार पराजुलीले प्रतिवद्धता मन्तब्य राख्दै अमूल्य मत प्रदान गरी निर्वाचित गराउन महत्वपूणर् भूमिका खेल्ने आम उपभोक्तालगायत सरोकारवालाा सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
निर्वाचन समितिका संयोजक उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत निर्वाचन समिति सदस्य तथा प्राज्ञ सभा सदस्य शुभद्रा अर्याल र सञ्चालन निवर्तमान सचिव ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।



