‘समाचार र विचारको
साझा चौतारी’






नयाँ सोच, नयाँ चिन्तन अनि नयाँ वर्ष २०७८


हरेक आगतमा विगत पनि कतै न कतै रहेको हुन्छ । विगत विनाको आगत हुदैन अनि हरेक विगतले आगतलाई आलो र ताजा राख्ने गर्छ । हामी २०७७ साललाई विदा गरेर २०७८ सालमा यात्राको तयारीमा छौँ । हिजो अर्थात २०७७ सालमा भएका हरेक असल कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै हिजोका कमि कमजोरीबाट पाठ सिक्दै फेरि नविन र राम्रो गर्नेतर्फ बढ्न हामी सबैलाई नयाँ वर्षले उर्जा प्रदान गर्न सकोस।
हिजोबाट नै आज हुने हो । नयाँ वर्षले हामीलाई सत्कर्म र सत्पथमा हिड्न अझ धेरै हौसला र प्रेरणा प्रदान गरोस । म होइन हामी भन्ने मानवीय भावबाट जिवन जिउँन हामीलाई अन्तरमनबाट दया र करुणाको मुहानको प्रस्फुटन हुन सकोस । हिजोका कमजोरीलाई पश्चतापको रुपमा होइन गतिलो शिक्षा र पाठको रुपमा हामीले नयाँ वर्षमा चिन्तन र मनन गर्न सकौँ । कोरोना कहरले दुनियाँ थाङ्थिलो बनेको वर्तमानको अट्टास लाग्दो विश्व परिवेशबाट अति शिघ्र हामी मुक्त बन्न सकौँ । वर्तमानको रनभुल्लको राजनीति माहौलबाट आशाको किरणको उषा देख्न हामी सकौँ।
नयाँ वर्ष २०७८ ले हामीलाई समग्र क्षेत्रमा नविन सोच, चिन्तन र ब्यवहारिक रुपमा समेत साच्चै सादगी बन्न समेत मार्ग निर्देशन गर्न सकोस । नयाँ वर्ष २०७८ को अवसरमा चौतारी पोष्ट अनलाइन विश्वमा रहेका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।
अनि
हाम्रा मनमा दया र करुणाको सागर तयार बनोस
हाम्रा ओठहरुमा सत् वाणीसँगै सत्य मुस्कान आओस
सद्भाव र बन्धुत्वको भावना अजम्बरी रहोस
जनता र देशप्रति असिम भक्ति र प्रेम युगौँ सम्म बाँचीरहोस

प्रतिकृया दिनुहोस्