भिडियो चौतारीमूल खबर

झापामा एमाले (नेपाल समूह)ले ग¥यो ३ सय ५१ सदस्यीय जिल्ला कमिटिको घोषणा, वरिष्ठ नेता नेपालले नै गराए सपथ (भिडियो सहित)

३ बैशाख २०७८
चौतारी पोष्ट अनलाइन
बिर्तामोेड । नेकपा (एमाले) भित्र दिनानुदिन चर्कदै गएको अन्तर संघर्ष अब खुल्ला रुपमै प्रकट हुन थालेको छ । आज झापाका बिर्तामोड एमालेको ३ सय ५१ पार्टी जिल्ला कमिटिको(अर्को समानान्तर जिल्ला कमिटिको) घोषणा भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थप जिल्ला कमिटिका सदस्यलाई सपथ गराएका थिए ।


नेकपा (एमाले) भित्र शुरु भएको ओली र नेपाल समूहको बढ्दो अन्तर पार्टी प्रतिस्पर्धा र शक्ति संचयको रुपमा विभिन्न जिल्लामा भएका नेपाल समूहका समानान्तर कमिटिलाई लिन सकिन्छ । शुक्रबार झापाको बिर्तामोडमा आयोजित एमाले (नेपाल समूह)को यो घोषणाले कुनै समयमा एमालेले भन्ने गरेको झापा जिल्ला लालकिल्ला भित्रै एमालेका अब दुई समूह स्पष्ट रुपमा देखा परेकाछन् । कार्यक्रममा वरिष्ठ नेता नेपालका अलवा, एमालेका नेताहरु घनश्याम भुषाल, विरोध खतिवडा, भीम आचार्य र नेरेश खरेल लगायतको उपस्थिति रहेको थियो ।
एमाले भित्र अहिले एक पक्षले अर्को पक्षलाई विधि र पद्धति नमानेको आरोप प्रत्यारोप चलिरहेका बेला झापामा देखिएको ओली र नेपाल समूहको अन्तर पार्टी कित्ताकाटले भोलीका दिनमा कुन पक्ष बलियो बन्ने हो त्यो भने हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button