‘समाचार र विचारको
साझा चौतारी’






‘रुद्र’ बाट ओटीटीमा डेब्यू गर्दै अजय


एजेन्सी, मुम्बई, 2021/04/20

अजय देवगनका लागि आजको दिन निकै विशेष छ । उनकी छोरी न्यासाको मंगलवार जन्मदिन हो । छोरीको जन्मदिनको अवसरमा अजयले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । उनी क्राइम थ्रिलर सिरिज ‘रुद्र : द एज अफ डार्कनेस’ बाट ओटीटी प्लेटफर्ममा डेब्यू गर्दैछन् । उनले मंगलवार सामाजिक सञ्जालमार्फत् उक्त सिरिजको पोस्टर सार्वजनिक गरेका छन् ।

यो सिरिजमा अजय प्रहरी अफिरसको भूमिकामा देखिनेछन् । एप्लज इन्टरटेन्मेन्ट र बीबीसी स्टूडियोजले निर्माण गर्ने ‘रुद्र’ ब्रिटिश साइकोलजिकल क्राइम ड्रामा सिरिज ‘लूथर’ को भारतीय रुपान्तरण हो । अजयले ओटीटीमा डेब्यू गर्न आफू उत्साहित रहेको बताएका छन् । कपको भूमिका आफ्ना लागि नयाँ नभए पनि यसपटक आफ्नो क्यारेक्टर इन्टेन्स डार्क रहेको उनको भनाई छ ।

डिज्नीं प्लस हटस्टारमा रिलिज हुने यो सिरिजमा काम गर्न अजयले मोटो रकम बुझेको भारतीय मिडियाले बताएका छन् । फिल्मको कुरा गर्ने हो भने उनी ‘आरआरआर, मैदान, गंगूबाई काठियावाडी, सूर्यबंशी, मैदान र मेडे’ मा देखिँदैछन् । गत वर्ष उनी अभिनीत फिल्म ‘तान्हाजी’ ले बक्सअफिसमा जबरजस्त कमाई गरेको थियो । उनको हरेक फिल्ममा अभिनयको प्रशंसा हुने गरेको छ ।filmykhabar/from

प्रतिकृया दिनुहोस्