‘समाचार र विचारको
साझा चौतारी’






हाँसेकि प्रकृती


थियो कार्यस्थल , हाँसेकि प्रकृती बेहुलि बनेझै त्यहाँ।
गाउँ जोगमाई , भनिने खुलेकि जननी अडिक नै जहाँ।।
चड्दै म उकाली,बसन्त एक्काईस धाएथे त्यो ठाँउ महाँ।
सर्बदा मनमा ,केहि दिन्छु भनि पुग्थे दुर्गा भवानि जहाँ।।


कट्वाल र ढकाल, पौडेल मआफु, खड्का थरका सर।
काम गरिउँ मिलि , पहाड ती चुली, इलाम जिल्लाभर ।।
रमाइला गाउँले, हेर्दै ठाँउ जहिले पढाउँथे म दिनभर।
चार घन्टा दिनमा, नाबालक घरमा फिर्थे गलेरै घर ।।
मजबुरी कती थियोे , त्योबेला जोमेरो बर्णन कसोनै गरी।
भए म सरुवा बिदाइ ,शुन्य भै सम्झेला बिध्वान कोई घरी।
सन्तुष्टि जो मेरो, बिधार्थी हसिँला भए धेर बिधान सरी।।
बर्षन्थे असिना , भिजेर शरीरमा स्मरण् सदा ती झरी।।


लेख्थे म कविता , जो बेला पनि झन भर्दै ती डायरी महाँ।
पुग्नु छ त्यहि ठाँउ , सम्झेर एक दिन भुल्दै बिगत ति जहाँ।
थुम्के त्यो वनको, घुमाउरो पनको चियाबारी बिच छ तहाँ।
बाङ्गिन भरीका, सहस्र थरीका खुल्छीन प्रकृति जो जहाँ।।

प्रतिकृया दिनुहोस्