खबर

गत 24 घण्टामा दार्जिलिङ जिल्लामा मोठ 330 जना कोरोना संक्रमित

गत 24 घण्टामा दार्जिलिङ जिल्लामा मोठ 330 जना कोरोना संक्रमित
अप्रील 24, 2021

सिलगढी : गत 24 घण्टाको अवधिमा दार्जिलिङ जिल्लामा मोठ 330 वटा नयाँ कोरोना संक्रमितको मामिला प्रकाशमा आएको छ, जसमा सिलगढी नगरनिगम क्षेत्र लगायत जलपाईगढीका केही भागहरू सामेल रहेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगम क्षेत्रबाट 167, दार्जिलिङ नगरपालिका क्षेत्रबाट 6, सुकनाबाट 15, खरसाङबाट 15, बिजनबारीबाट 4, सुकेपोखरी 4, मिरिक 3, तकदाह 7, मतिगढाबाट 54, नक्सलबारीबाट 48 र फाँसीदेवा 7 जना कोरोना संक्रमित भएको छ। सिलगढी नगरनिगम लगायत जलपाईगढीको केही भागमा गत 24 घण्टाको अवधि 213 नयाँ कोरोनाको मामिला प्रकाशमा आएको छ। गत 24 घण्टाको अवधिमा 29 जना कोरोना संक्रमितहरू (होम आइसोलेसन लगायत) स्वस्थ भएका छन्।

कोरोनाले दार्जिलिङमा अझ एकजना महिलाको मृत्यु


अप्रील 24, 2021

दार्जिलिङ : दार्जिलिङमा कोरोना संक्रमित भएर अझ एकजना महिलाको मृत्यु भएको छ। कोरोना दोस्रो लहरको कारणले दार्जिलिङमा मृत्यु हुनेहरूको संख्या हालसम्म 4 पुगिसकेको छ। दार्जिलिङ अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाले दिएको जानकारीअनुसार गत राति 11 बजे दार्जिलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा रहेको एकजना 66 वर्षीय महिलाको मृत्यु भएको छ। मृतक महिला दार्जिलिङ नगरपालिका निवासी रहेको बताइएको छ। अस्पताल सूत्रअनुसार उक्त महिलालाई हिजै मात्र उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो भने कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको थियो। यसको साथै महिलालाई अस्पतालमा भर्ना गर्दा अक्सिजन लेबल 35 प्रतिशत कम रहेको थियो। मृतक महिलाको आज बिहान कोभिड प्रोजोकल अनुसार अन्तिम संस्कार गरिएको बताइएको छ।

नक्सलबारीमा आगलागी हुँदा दुईवटा दोकान जलेर खरानी


अप्रील 24, 2021

नक्सलबारी : नक्सलबारी बजारको चौरङ्गीमोड़मा आगलागी हुँदा दुईवटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग तीन बजे नक्सलबारी बजारको चौरङ्गीमोड़ स्थित एउटा दोकानमा आगो लाग्दा यसको चपेटमा परेर नजिकैको एउटा मिठाई दोकान पनि जलेर खरानी भएको छ।

घटनाबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि दुईवटै दोकान जलेर भष्म भएको बताइएको छ।

कोरोनाबारे सिलगढीको विधान मार्केटमा स्वयम्‌सेवी संगठनद्वारा जागरूकता


अप्रील 24, 2021

सिलगढी : देशको विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले स्वयम्‌सेवी संगठन आज सहरवासीहरूलाई मास्कको प्रयोग गर्नेबारे सचेतन गराउने उद्देश्य लिएर सडकमा ओर्लिएको छ। स्वयम्‌सेवी संगठन एई प्रजन्म-का सदस्यहरूले आज सिलगढीको विधान मार्केटमा मानिसहरूलाई कोरोनाको बढ्दो परिस्थितिलाई ध्यानमा राखेर अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अपील गर्दै मास्क नलगाएका मानिसहरू मास्क पनि वितरण गरे। यसको साथै मार्केटका व्यवसायीहरूलाई मास्क नलगाएका मानिसहरूलाई दोकानमा प्रवेश गर्नमा रोक लगाउने अपील पनि गरे।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button