मूल खबर

जो ८२ घण्टा पुरिएका थिए

काठमाडौं ,बैशाख १२, २०७८
भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ साल वैशाख १४ गते वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो। हवाई टिकटसमेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए। तर, १२ गतेको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने सपना चकनाचुर पारिदियो। त्यति मात्रै होइन, झन्डै ८२ घण्टापछि खनालको जीवितै उद्धार गरियो। भाग्यले बाँचे १

गोंगबुस्थित साततले गेस्टहाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो। तर, माथिल्लो चार तला कायमै थियो। त्यही भत्किएको तलाबाट खनालको उद्धार सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीले १० घण्टाको अथक प्रयासपछि गरेको हो।

खनालले आफ्नो उद्धारपछि बाँच्नका लागि पिसाबसमेत खाएको बताएका थिए। उनले ढुंगाका स–साना टुक्रा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।

उनको देब्रे खुट्टा काटिएको छ। उपचार खर्च सरकारले बेहोर्‍यो। तर, काठमाडौं आउजाउ, औषधि खर्च गर्दा अढाइ लाखभन्दा बढी रकम सकियो । भन्छन्, ‘भूकम्पमा परेर अंगभंग भएका म र मजस्ता साथीहरूले सीप सिकेर जीविकोपार्जन गर्न चाहेका छौं।’ काठमाडौंमा विभिन्न संघ–संस्थाले सीपमूलक तालिम निःशुल्क दिने भनेका थिए। तर, सम्पर्कै गरेनन्। निःशुल्क भए पनि काठमाडौंमा भाडा तिरेर बस्ने, बिहान–बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर सीपमूलक तालिम लिन नसकेको खनाल सुनाउँछन्। खाने, बस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हात खुट्टा गुमाएका आफूजस्ता साथीहरूले सीप सिकेर केही काम गरेर खान सक्ने उनको भनाइ छ। अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button