खेलकुद

रियल बराबरीमा रोकियो

वैशाख १२, २०७८

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा बल पोसेसन राखेपनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।खेलको २४औं मिनेटमा करिम बेन्जेमाको पासमा रोड्रिगोको प्रहारलाई एइसा मान्डीले ब्लक गर्दा रियल अग्रता लिनबाट चुक्यो । लगत्तै २५औं मिनेटमा करिम बेन्जेमाले अवसर सदुपयोग गर्न सकेनन् ।

५५औं मिनेटमा रोड्रिगोको प्रहार क्रसबारमा लागेर फर्कदा रियल अग्रता लिनबाट चुक्यो । ६१औं मिनेटमा बोर्जा इग्लिसिउसको पासम गुइडो रोड्रिग्वेजको प्रहार सिधै गोलरक्षक थिवाउट कोर्टुवाको हातमा पुग्यो । ६७औं मिनेटमा इग्लिसियसकै पासमा सर्जियो कानालेसको प्रहारलाई क्यासमिरोले विफल पारे ।

८१औं मिनेटमा अल्भारो ओर्डिजोलाको कर्नरमा इडर मिलिसाओले हेडरको अवसर गुमाएपनि क्यासमिरोको फ्लिक हेडरलाई क्लाउडियो ब्राभोले नियन्त्रणमा लिदा रियल चुकचुकायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो । रियल बेटिसको पछिल्लो पाँच खेलमा यो पाँचौ बराबरी हो । लेभान्टेलाई २–० ले पराजित गरेपछि अपराजित रहेको बेटिसले जित निकाल्न सकेको छैन ।

यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा दोस्रो स्थानमा यथावत रहेको छ । रियलको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक छ । बेटिस ३३ खेलबाट ५० अंक जोडेर छैटौ स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button