कृषि र किसान

नेपालमा ग्रामिण बंगुर पालनको वर्तमान अवस्था, संभावना र चुनौति

डा.केदार कार्की 
नेपालमा संगुर/बगुंर पालनको काम मूख्यतः सामाजिक एवं आर्थिक रुपले सिमान्तकृत बर्गका दलित, जनजाति, गरिब, बैज्ञानिक प्रविधि अर्थात उचित दाना आहारा खोर औषधि उपचार व्यवस्थापनद्धारा हुन सकिराखेको छैन् ।

वर्तमान अवस्थामा पनि पुरानै सुगूर/बंगूर पालन गरिदै आएको छ । यो छोटो आकारको जनावरको खास शारीरिक बनोट नहुने हुुदा यसको शारिरिक बृद्धि सुस्त हुने गर्दछ । जसले गर्दा सुगूर/बंगुरका पाठा/पाठी कम संख्यामा जन्मने, कम संख्यामा बाच्ने अनि निम्न गुणस्तरको न्यून मासू उत्पादन हुने गर्दछ ।

यसैपनि सीमान्तकृत, गरिब, सुकुम्बासीले पाल्ने यो जिब बगुर पालन अन्य आय आर्जनको श्रोत खोज्नु पर्ने हुदा पालेको सुगूर बंगुरको उचित स्याहार सूसार गर्न नसकिने हुदा प्रायः जसो ग्रामिण भेगमा यो जिब छाडा, डुलुवा कै रुपमा गाउ शहर बजार टोलको होटल रेष्टुरेन्ट घरायसी रसायन एबं मानब जन्य फोहर मैला खाएर आपmनो भरण पोषण गर्दछन् ।

हाम्रा ग्रामीण परिवेशमा पालिएका सुगूर/बंगुर मुख्यतः गद्यी एबं निम्न कोटीको परीबेशम हुर्कीएका हुन्छन । त्यसैले धेरैजसो समुदायमा यस जनावरको मासूजन्य उत्पादन उपभोग योग्य हुदैन भन्ने मनोसामाजिक परंपरागत मान्यता छ ।

सुगूर बंगुरका प्रमूख जाति प्रजाति
लार्ज हवाइटल, योकशायर, मिडिल हवाइट र्योकसायर, बर्कशायर, लैड्रस,टैमवर्थ, डयुराक चैस्टरब्हाइट ।

संगुर बंगुरका उत्पादन र उपयोगिता :
सुगूर/बंगूरको मासू जन्य उत्पादन, पोर्क बैकन, हैम ससोज लाई (सुगूर/बंगुरको बोसो) घरेलु उपभोग एबं निर्यात दुबै प्रयोजनको लागि बजारको माग बढि रहेको अवस्था छ । सम्पूर्ण विश्व बजारमा सुगूर/बंगुरको उत्पादन, छाला, जगर, आन्द्रा एबं दिशाको माग बढ्दो क्रममा छ ।

सुगूर/बंगुरको दिशा पिसाब माछा पोखरीमा मिथेन ग्यास उत्पादन तथा लेउ झार उत्पादनको लागि प्रयोग गरिन्छ । सुगूर/बंगुरको मलमा औषतन ००.७–०.६ प्रतिशत नाइट्रोजन, फसफोरस एबं पोटासियम पाइन्छ । सुगूर/बंगुर प्रजातिमा सर्वाधिक क्षमतामा बनस्पती एबम् अनाजयुक्त खाद्य पदार्थलाई किमति पशुजन्य उत्पादन जस्तैः पोर्क वेकनमा परिर्वतन गर्ने क्षमता राख्दछ ।

औषतः एउटा सुगूर/बंगुरलाई १०० किलोग्राम तौल प्राप्त गर्न ३००–३५० किलो ग्राम आहारा आवश्यक पर्छ भन्नुको अर्थ १ केजी पोर्क उत्पादन गर्ने ३ देखि ३.५ केजीको अत्यन्त कम आहारा चाहिन्छ । अन्य जनावरको तूलनामा सुगूर/बंगुरले कम समय तथा कम आहारामा तेजिले बोसो संग्रह गर्छ ।

सुगूर बंगुर पालनको लागि सुरुवाति लागत कम हुने गर्दछ । खोर/गोठ निर्माण सस्तैमा गर्न सकेमा खर्च कम हुन्छ । अझ उनीहरु आफैले खोजेर खाने पनि गर्छन । सुगूर/बंगुरबाट प्राप्त हूने उत्पादन ६५ देखि ८० प्रतिशत हून्छ । रागाको ५० देखि ६० प्रतिशत भने खसी बोकाको बढिभए ३० देखि ४५ प्रतिशत स्वादिष्ट हुन्छ । साधेको अचार, मिठो बोसो पनि बढि पानिको मात्रा त कम तर उर्जा यसको मासुमा खसिको मासूभन्दा बढि हुने गर्छ ।

सुगूर/बंगुर उत्पादनका मूख्य चुनौतिहरु
सुगूर/बंगुरमा धेरै रोगहरु परजिबिहरु बिरुद्ध प्रतिरोधि क्षमता हुदैनन् । धेरै पाठा पाठि जन्माउने हुदा प्रसवको बेला दक्ष बिज्ञको आवश्यकता पर्छ । सुगूर/बंगुरको पाचन प्रणालिको संरचना यस्तो हुन्छ कि यिनिलाइ आहाराले मात्र पुग्दैन । हलक्कै बढ्ने प्रजाति भएको हुदा बेलैमा पूर्ण पोषण उपलब्ध भएनभने प्राप्त हुने उत्पादन अपेक्षा गर्न सकिन्न् । प्राकृतिक रुपमा नै फिरन्ते प्रजाति छेकबार गरी पाल्ने हो भने खोरखोरको मंहगो संरचना आवश्यक पर्दछ हालका परम्परागत सुगूर बंगुर पालक सामजिक आर्थिक पृष्ठ भुमिमा धान्न सकने अवस्था को कल्पना गर्न सकिन्छ निति निर्माता ले यस तर्फ सोच्नै पर्ने हुन्छ ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button