काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा मानसिक समस्या बढ्न सक्ने भन्दै सचेत रहन सुझाव दिएको छ। मन्त्रालयले मानसिक स्वास्थ्यको स्याहार कसरी गर्ने भन्ने ९ वटा उपाय सार्वजनिक गरेको छ।
यस्तो छ मन्त्रालयले दिएको ९ बुँदे सुझाव
– नियमितरुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गर्ने
– घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हुने
– रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने रचनात्मक चलचित्र हेर्ने
– सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाने
– पर्याप्त मात्रामा सुत्ने
– दैनिक कार्यतालिका बनाएर आफ्नो दिचनर्यालाई व्यस्त तथा सक्रिय राख्ने
– समाजिक सञ्जालको प्रयोग घटाउने र अधिक समाचार नहेर्ने
– टाढा भएपनि आफन्त र साथीभाइसँग नियमित फोन सम्पर्कमा रहने
– तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविदसँग परामर्श गर्ने
swsthyakhabarpatrika/from



