स्वास्थ्य

दन्त फ्लस के हो?

डा भावना श्रेष्ठ र डा प्रतिमा कँडेल
जेठ ३१, २०७

हामीले दाँत माज्दा दाँत बिचको भाग सफा हुन्छ त? म दाँत माज्छु बिहान र बेलुका तर मेरो सास गनाउँछ, दुई दाँतको बिचमा किरा लागेको छ र दाँत माज्दा रगत पनि आउछ। के तपाईंलाई यस्तो समस्या छ?

Telehealth
हो, दाँत हामीले जति पटक माजे पनि जति महँगो ब्रस प्रयोग गरे पनि, हाम्रा दुई दाँत बिचको भाग कहिले सफा हुँदैन। किन?

दुई दाँत बिच हामीले प्रयोग गर्ने ब्रस पुग्न गाह्रो हुन्छ। त्यो भाग सफा हुँदैन। त्यहाँ जम्मा हुने फोहोरले यी समस्याहरु निम्ताउछ। जस्तैः

• सास गनाउने
• दाँत बिच भागबाट किरा लाग्न सुरु हुने
• गिजाबाट रगत आउने
• त्यस लगत्तै दातँ हलिने

त्यसो भए सफा कसरी गर्ने त?

१) सर्वप्रथम flouridated मन्जन (बजारमा पाउने) र नरम ब्रसले दाँत माज्ने (२मिनेट सम्म भित्र र बाहिर गरि सबै भागमा ब्रस पुराई माज्ने)

२) दन्त फ्लस
प्रायलाई यो तरिका नौलो नै होला तर दुई दाँत बिचको भाग सफा गर्ने यो भन्दा राम्रो तरिका सायद नै अरु होला।

मुखको स्वास्थ्य राम्रो राख्न फ्लसको प्रयोग गर्नु निकै नै उपयोगी मानिन्छ । यसले तपाईंको दाँतको बिचमा रहेको खानालाई सफा र विघटन गर्दछ, जसले तपाईंको मुखमा ब्याक्टेरिया र प्लेकको मात्रा कम गर्दछ। प्लाक एक टाँसिएको फिल्म हो जुन दाँतमा निर्माण हुन्छ र प्वाल र गम रोगमा योगदान दिन्छ।

पक्कै पनि, केवल फ्लस गर्न मात्र पर्याप्त छैन। सही रूपमा फ्लस गर्नु निकै महत्वपूर्ण छ। अनुचित हिसाबमा फ्लस गर्दा, तपाईंको दाँत र गीजाहरूलाई सम्भावित रूपमा क्षति पुर्‍याउन सक्छ। त्यसैले फ्लस पनि सही तरिकाले गर्नु आवश्यक छ ।

• १८ इन्चको फ्लस दुई हातले माझी औँलामा बेर्ने।

• फ्लसलाई बुढि औँला र चोर औँलाको बिचमा समाउने।

• ती दुई बिच एक दुई इन्चको फ्लस भए हुन्छ त्यसपछि बिस्तारै फ्लसलाई अगाडि पछाडि गदै दुई दाँतको बिच भागमा राख्ने। ध्यान राख्नु होस झ्वाट फ्लस भित्र राख्दा गिजाहरु काटिन सक्छ। त्यसपछि माथि तल गर्दै दाँत बिच भाग गिजा सम्म सफा गर्ने।

३) दाँतको बिच भागमा प्रयोग गर्ने सानो ब्रस पनि बजारमा पाईन्छ। (Interdental brush)

४) सिन्का (Tooth pick)

-(श्रेष्ठ र कँडेल कलेज अफ मेडिकल साइन्स, भरतपुरका इन्टर्न डाक्टर हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button