‘समाचार र विचारको
साझा चौतारी’






जीवन


कविता

सबैतिर हेर्छु, जीवनअन्धकार देख्छु ।
फेरि आफै आफैसँग उदास हुन्छु ।।

सडकका गल्ली गल्ली हेर्छु ।
अतित् तिमी फेरि फर्केर आयौकी भनेर त्यही अतित्लाई भन्छु ।
हुन्छ,आफुसँगै फेरि आफै उदास हुन्छु ।
आफैले आफैलाई नियाल्न खोज्छु
उही अतितका यात्राको स्मरणमा
आफैसँग आफैलाई खोज्न पुग्छु

सँधै अँध्यारो भित्र उज्यालो खोज्ने , म ।
फेरि जीवनलाई एकचोटि नियालेर चियाउने कोशिश गर्छु ,
जति जति हेर्ने कोशिश गर्छु ,उतिउति अँन्धकार देख्छु ।।
खै ! नापेर नापिन्न रहेछ जीवन ।
बुझेर बुझिन्न रहेछ जीवन।
फेरि जीवनको गहिराईमा डुबुल्की मार्न पुग्छु ,जताततै सुन्य मात्र भेट्छु ।।
सबैतिर हेर्छु,जीवन अँन्धकार देख्छु ,
फेरि अतित् सम्झेर रुन्छु।
आफैँआफँसग उदास बन्छु ।।
उज्यालो कहिले होला?भनेर!
विहानीको पर्खाईमा छु ।।
मेचिनगर, १०

प्रतिकृया दिनुहोस्