‘समाचार र विचारको
साझा चौतारी’






जनतामाथि चोटैचोट


२०७८ असार ३०
– घननाथ सापकोटा

१) वितेका वर्षहरुमा पनि नेपालमा बाढी पहिरो बाट ठुलो धन जनको क्षति भएकै हो यसपाली पनि त्यसप्रकारको क्षतिबाट देश अछुतोरहेन । गतसालको घटनाबाट शिक्षालिएर सरकारले क्षतिलाई न्यूनीकरण गर्नुपर्नेमा राज्य मुकदर्शक बनेर यसपाली पनि बाढी पहिरोबाट देशले ठुलो क्षति बेहुर्नु पर्यो । सिन्धुपलान्चोक जिल्लाको मेलम्ची बजारको सम्पूर्ण अस्तित्व सखाप पारिदियो । सयौ नेपालीको ज्यान गयो । यति ठुलो बाढी पहिरो आउनुको पछाडी बिकाशको नाममा अबैध ढङ्गले जमिनमा डोजर चलाउनु हो । जव स्थानीय निकायको चुनाव भयो उक्त्त चुनाववाट चुनिएर आएका जनप्रतिनिधीहरुले राज्यको सम्पति अपचलन गरेर डोजर एक्साभेटर आफ्नो नाममा खरिद गर्ने र गाउँमा जथाभावी जमिन भत्काउने गर्नाले बाढीपहिरो आउने मुख्य कारण बनेको हो । अबैध ढङ्गले ढुङ्गा गिटी बालुवा निकल्नु पनी दोस्रो कारण हो । सरकार बाढीपहिरो आउन सक्छ जनताहरु सुरक्षित ठाउँमा जानुहोस् भनेर आदेश जारीगर्दछ । जनता कहाँको शुरक्षित ठाउमा जाने ? जानुहोस् भनेर आदेशजारी गर्दछ ्र जनताको शुरक्षित ठाउँभएदेखि किन त्यहाँ वसोवास गर्दथे र । राज्यको सम्वन्धित निकायले कहाँ कहाँ यससाल प्राकृतिक प्रकोपले क्षतिगर्छ त्यसको अध्ययन गरेर पुर्वसुरक्षाको तयारी गर्नुपर्ने होकी होइन ? सरकार संग स्रोतसाधन छ । राज्यले जिम्वेवारी पहल गर्नुपर्नेमा जनतालाइ आफ्नो शुरक्षा गरेगर नगरेमर भनेजस्तो गरेर जिम्मेवारीबाट पन्छिएको छ ।
२) कोरोना भाइरसको उपचार राज्यले गर्नसक्दैन भनेर सरकार ग्रैहजिम्वेवार वन्नखोज्यो । विद्रोहीपक्ष प्रतिपक्षले सघर्षको उत्कर्स रुप नेपालवन्द गरेको देखिएको थियो । यहाँ त राज्यकोतर्फबाट महिनौ देशलाई वन्दगरेर जनजीवन कस्टप्रद बनाएको छ । ओली सरकार आफैले मान्छु भनेको संविधानलाइ च्यातचुतपारेर देशजनताको हितप्रतिकुल मनपरि निर्णय गर्दैहिडेको छ । त्यस्तै जनतालाइ गार्होपरेको मौकाछोपी कतिपय अवसर छोप्नेहरुले भ्रष्टाचार तस्कर कालाबजारी महङ्गी बढाएछन् ्र कतिपय एम्बुलेन्सहरु र सवारीसाधनहरुले मनपरी भाडा अशुलेकाछन । उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । निर्माण सामग्री महङ्गीले खरिदगरि सक्नु छैन । पेट्रोलियम पदार्थमा दिनहुजसो मुल्य बृध्दिगरिएको छ । कोभिड–१९ ले मरेको लास घाटमा पुर्याएको रू ३२०००्र–अशुलगर्न राज्यलेनै छुटदिएको छ । चितवनमा त्यसको व्यापक विरोध भएपछी मेयर रेणु दाहाल रिसाउदै हामीले त्यस्तो अनावश्यक रकम अशुलेको छैनौं भनिन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जनताबाट गुनासो आएको छ यसलाई घटाउन छलफल चलेको छ भनेर लाश घाटमा पर्याएको निशुल्क गर्ने र रु ३०००्र– रुपैया दिने निर्णय गरेछन् ।
३) भारतले अन्तरास्ट्रिय कानुन मिचेर सिमानामा वाँध वाँधेर नेपालीभुमि डुवान वनाउँदा नेपालको ओली सरकार एकशब्द वोल्दै । नेपाली भूमिमा भारतीय शुरक्षाकर्मी आएर नेपालीको वाली क्षति गर्दै अतिक्रमण गरेको छ । भरखर मात्र चाँदनी दोधारामा किसानको लालपुर्जा भएको नेपालीभुमि अतिक्रमण गरेको छ । कुर्ची र कमिसनको भरमा संघीय सरकार प्रदेशसरकार र स्थानीय सरकार सवैमिलेर ढुङ्गा वालुवा भारत निकाशी गरेर देशलाई बाढीपहिरोको जोखिमको चपेटामा पारेको छ । भारतले नेपालीभूमिमा सडकनिर्माण गर्दा ओली सरकार एकशब्दवोल्ने आँट गर्दैन
४) असार १५ पनि गइसक्यो सरकार असार १५ लाइ धानदिवस मनाउने भनेर जनताको आँखामा छारोहाल्ने कामगरि गरेर वितायो । किसानलाइ चाहिने मलविउ विजन कृषि औजार समयमै सर्वशुलव तबरबाट उपलव्ध गराउने कुरामा सरकार जिम्मेवार पटक्कै छैन । यो देशका कृषिमन्त्रिको चर्तिकला यस्तोछ । ३ वर्षअगाडी एमालेका तर्फबाट कृषिमन्त्रिभएका हरिप्रसाद पराजुली किसानको खेतमा गएर धानरोप्न आएका महिलालाइ दुव्यवार गरेर वदनामभए । अर्को माओवादी केन्द्रवाट भएका भएका हरिबोल गजुरेल खेतमा गएर धानदिवस मनाउनु पर्नेमा सिंहदरवार भित्र गमलामा धान रोपेर लोकहसाए । दरवारवाट किन निक्लन्थे अर्का गतसालमा कृषिमन्त्रि घनश्याम भुसालले धानमा छर्ने मल धानपसाउन थाले पछी वल्ल बङ्गाला देशमा सापटी लिने शम्झौता गरे जुनमल कानुनि प्रक्रिया पुरागरेर नेपाल आइपुग्न ३ महिना लाग्ने रहेछ । त्यसवेलासम्म धान पाकिसक्छ ्र त्यो साता चाँही सवैसत्तासिनहरु दरबारमा बसेर धानको बिउको मालालाएर फेसवुकमा पोस्ट गरेर धानदिवस मनाए । यस्ता कुनैप्रकारको ज्ञानक्षमाता विवेक र इज्जतपनि नभएका त कृषिमन्त्रि हुन्छन् यस्तावाट कसरि कृषिमा प्रगति हनसक्छन् र जनताले राहतको सास फेर्न पाउंछन् ।
५) गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीशुब्बा गुरुङले आंफुले प्राप्तगरेको मुख्यमन्त्रिको पद नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाइ उपहार स्वरूप हस्तातन्त्र गरे । उक्त्त उपहार प्राप्तगरेवापत कृष्णचन्द्रले पृथ्वीशुब्बा गुरुङलाइ भूपू मुख्यमन्त्रिको हैसियत ले मनग्गे सुविधा दिने निर्णयगरे । क्या गजब छ संसदीय व्यवस्थाको नाटक पृथ्वी शुब्बालाइ देखाएर भोलि त आँफुपनि भूपू भइन्छ । त्यो सुविधा आँफै कुम्ल्याउन वाटो अहिले देखिनै सोझ्याई राख्नुपर्यो यस्तो महत्वपूर्ण निर्णय अरुप्रदेशले पनि क्रमश गर्न छुटाउन भएन है ।
६) आलोपालो सरकारको नेतृत्वगर्ने पार्टीको विभिन्न फाउन्डेसन प्रतिष्ठान गठन गरेर राष्ट्रको ढुकुटी अपचलनगरेको नेपाली जनताले प्रष्ट देख्ने गरि गरिएको छ । मदन भण्डारी फाउन्डेसन, झलनाथ खनाल सर्प फाउन्डेसन मनमोहन अधिकारी फाउन्डेसन गरिवसंग विश्वेश्वर , मंगला देवी फाउन्डेस , गणेशमान फाउन्डेसन, कृष्णप्रसाद भट्टराई फाउन्डेसन कति हो कतिको नामवाट आफ्नो नाता परिवारका मान्छे पाल्ने गुटखर्चको जोहोगर्ने आदिआदि गरेर देशको ढुकुटी स्वाहा पारेपछि देशको उन्नति हुन्छ कसरि ?
७) रास्ट्रघात – हाम्रो सार्वभौम देशमाथि छिमेकी देश भारतको छिमेकि निती सकारात्मक छैन । जहिलेपनि भारत सानो २ मिटरसीमा मिच्नेदेखि सिङ्गो नेपालको अस्तित्व माथिनै षडयन्त्रको तानावाना वुनी रहेको हुन्छ । नेपालको प्राकृतिक शंपदा ढुङ्गा गिट्टी वालुवा पानि हिमाल खनिज पदार्थ कब्जा गरिसकेको छ । वाँकी रहेल पहेलपनि हातपार्न खोजिरहेको छ । जसका विरुध्द देशभक्त्त नेपालीहरुले सघर्ष गरिरहेका छन । मातृभूमिको लागि वलिदान वलिदानै दिएकाछन् ्र मत्ता साढे सुन्दैसुन्दैन यसको मूलकारण केहो भने नेपालका हिजोदेखि आजसम्म शासकहरुको आत्मसमर्पणवादी नीति र कुर्ची प्राप्त गर्नको लागि मालिकसंग त्वम: शरणम गर्ने रास्ट्रियताको सवालमा एकशब्द न वोल्ने सधैं भारतको नुनको सोझोगर्ने यहिकारणले नेपालको राष्ट्रियता कमजोर भएको हो र खतरामा परेको हो । नेपाली जनता वाहिरी शक्त्तीसंगभन्दा देशभित्रैका रास्ट्रघातीहरुसंग सधै डराउन पर्ने कहिले नदीनाला भारतलाइ बुझाएका छन् त कहिले नागरिकता वेचेका छन्। कहिले रास्ट्रीय उद्योगधन्दाहरु बेचेकाछन् त कहिले हिमाल वेचेका छन् । नेपालि छोराहरु त हिजोदेखि भारतलाई वेचेकै थिए । वर्तमानमा छोरीवेच्चने निर्णयपनि गरेछन् । हामी नेपालि सधै डरैडरमा बाँच्चनु पर्ने कहिले कुन शासकले कुन रास्ट्रघातीकाम गर्ने हो अथवा कुन दिन खोरको कुन वाख्रोहराउने हा । अन्य विदेशी रास्ट्रहरुले हामीलाई त्यस्तो दुख दिएका थिएन् तर अव नेपालकै शासकहरुले निम्ता दिएर फेरी अमेरिका विषहालेको मिठाई लिएर आउने तयारीमा । नेपालका शासकहरुले रातोकार्पेट विच्छयाएर स्वागत गर्न आतुरछन् । वाँकीरहेको नेपालको रास्ट्रीयता समाप्तपार्ने खेलमा नेपालका संसदीय पार्टीहरु कम्मर कसेर लागेकाछन ।moolbato.com/from
२०७८/३/२७
भरतपुर – १४

प्रतिकृया दिनुहोस्