

राजेन्द्र प्रसाई
झमझम यसैगरी अझ ठुलो दर्के झरी हुन्थ्यो१जस्तै पानीझरी किन नहोस गोरु राँगा नार्नै पर्थ्यो।हलो जोत्नै पर्थ्यो।कोदालो चलाउनै पर्थ्यो।आजभोलि धान रोपाइँको मौसम छ।कति रोपिइसके कति रोपिंदैछन।म सम्झन्छु उतिबेलाको रोपाइ कति प्राकृतिक थियो अनि कति रसिलो,मिठो१आहा१उति बेलाको बर्खे खेतीको काम,जति कठिन दुख नै किन नहोस्,काममा आनन्द हुन्थ्यो१दुखमा पनि मजा आउँथ्यो।पानीले भिजेको जीउ,जाडो हुन्नथ्यो तै पनि जाँगर चल्थ्यो।दिक्क लाग्दैनथ्यो।बिहानदेखि पानीले भिजेको शरीर बाह्रबजे घर आएपछि ओभाउँथ्यो वा जिउमै लुगा सुक्थे।अचेलजस्तो होइन उतिबेला पानी अलि बढि नै पर्थ्यो।दर्केझरी हात्तीसुँढे वर्षा हुन्थ्यो।घुम ओढेर जोत्नुपर्थ्यो।कहिले कठोर निर्मम घाम लाग्थ्यो,खप्नै नसकिने गरी।तैपनि काममा आनदै लाग्थ्यो
हलामा लुँडी लाग्थ्यो,फाल्दा खुट्टामा फालीले घोच्ने डर।फेरि पाटि फुस्किन्थ्यो ढुङ्गा खोजेर पाटी ठोक्यो।पानीमा जोत्दा हल्लुण चुँडिरहने पीर१पाटाबारीमा पहिलो चास जोत्न साह्रै कठिन पाटा काट्दा धारेछड्के परेका तिन्का डाँठले खुट्टा कम्ता साह्रो घोक्दैन थियो ।दुइ चास जोतेर पटाहा लाउँथ्यौं।पटाहाको डोरी चुँडिएरै हैरान पार्थ्यो।पटाहामा खुट्टा पस्ने डर उस्तै हुन्थ्यो।खुट्टा पसे भने भाँचिन पनि सक्थ्यो।दिउँसो घाँस काट्नु पर्यो राँगागोरुलाइ१कहिले आली लाउनू पर्नेरुकहिले बिउ उखेल्नु पर्ने।कुनैदिन फुर्सद आराम पाइन्नथ्यो।बिरामी पर्दासमेत काममा जानै पर्थ्यो।
पूरै दुइ महिना असार र साउनभरि धान रोपाइँ हुन्थ्यो।रोपाइँमा चना चिउरा चिनीचिया खान पाइन्थ्यो।मन कति खुसी हुन्थ्यो भने नि१गाउँभरिका साथीभाइ खेतमा तलतिर मास्तिर हुन्थ्यौं।अर्मपर्म चल्थ्यो आठ नौ बजेतिर खाजा खान्थ्यौं चिउरा तरकारी वा चाम्रे वा उसिनेको चामलको भुजा बनाइ चाम्रे हुन्थ्यो। आमाले पकाएको खाजा ख्याल मिठो हुँदैन्थ्यो ।आज जस्तो होइन चार पल्ट जोत्नु पर्ने उति बेला।हिलोमा तेस्रो चास जोताइलाइ गोरा गर्नु भनिन्थ्यो। एक हल गोरु वा कहिले राँगा मैले बाह्र बर्ष ढुक्कै जोतें।कामबाट कहिल्यै वाक्क दिक्क लाग्दैनथ्यो।बरु त्यसैमा अझ रस बस्थ्यो।कैल्यै अल्छि पनि लाग्दैन थ्यो।सायद अल्छी लाग्नै पाउँन्न थियो क्यार। स्कूल लामो बर्खे बिदा हुन्थ्यो।धनी गरीब सब एकनासले काम गर्थे।यति लामो रोपाइँ हुन्थ्यो कि भदौ आधासम्म पनि हामी धान रोप्थ्यौं।साथीभाइ खेतालासंग हाँसीखेली गर्दै काम सम्पन्न हुन्थ्यो।परिवारका सबैजना काममा ब्यस्त हुन्थ्यौँ।बर्खेधान काट्ने माड्ने पनि त्यति बेलै पर्थ्यो।पाटा काट्नु, जाक लाउनू ,पात टक्टक्याएर खाडीमा हाल्नू।कठिन काम मानिन्थ्यो।पाटाका जाकमा सर्प हुन्थे प्रसस्त ।धन्न मलाइ डसेन कतिलाइ डस्थ्यो पनि तर विषविहिन सर्प ढोडे ,धामन हुन्थे।कतै कतै गोमन पनि हुन्थे।यो कार्य बडो खतरनाक मानिन्थ्यो।खाडीमा हालेर माटाका चप्परी काटेर थिचेर पानीमा महिनादिन कुहाए पछि फेरि त्यसलाइ धोएर सुकाएपछि मात्र बेच्न तयार हुन्थ्यो ।जो हाम्रो दसैंखर्च हुने गर्थ्यो।राम्रा लुगा लाउने इच्छा यहि पाटा र बर्खेधानले पूरा हुन्थ्यो धुलाबारी वा भद्रपुर लगेर बेच्थ्यौँ हामी।बल्ल रोपाइँ सकिएर मैजारो हुन्थ्यो।मैजारोमा मिठो मिठो खाइन्थ्यो।मजाले नुहाएर,सुकिला लुगा लाएर ठाँटिन्थ्यौ हामी।त्यसपछि खेती सक्न ढिलो हुनेलाइ सघाउँने कति राम्रो सहयोगी भावना थियो।आफै गएर पछि परेका लाइ सघाउनुलाइ हौली भनिन्थ्यो।हौलीमा पनि उनीहरुले मिठो मिठो खाजाभात खुवांउँथे।यस्तो मानवतावादी सँस्कार थियो उति बेला।
तर अहिलेको खेती गराइलाइ त खै के भनौ१पटक्कै रसबिनाको सुखा कृत्रिम कार्य जस्तो।खै कस्तो कस्तो १यान्त्रिकखेति१ ट्याक्टरले जोत्छ।जम्मा दुइपटक ।माटो बनेकै हुँदैन रोप्छन त्यहिं।छेउभित्ता जोतिंदैन खन्न अल्छी गर्छन अहिलेका किसान।अचेलका किसान साह्रै अल्छी भाछन।आली लाउँदैन छेउ भित्ता खन्दैनन ।बाउसे त्यति गर्दैनन्।आजका किसानलाइ खेती बाध्यता भएको रहर होइन।समय भाउ अनुसार अन्नको भाउ नहुँदा किसान चिन्तित छन।खेती गरेर फाइदै छैन भन्ने भनाइ सत्य हो ।महङ्गो ट्याक्टर खर्च तिर्नै पर्छ।रसायनिक मल उस्तै महङ्गो छ। किटनासक औसधि पनि हाल्नै पर्छ।कृषि मजदुर अति महङ्गो पनि स्वाभाविकै हो । मङ्सिरमा धान बेचेको पैसाले धान खेतीलाइ खर्च पुग्दैन।अनि कसरी रमाउन किसानहरु।अरु पेसामा पहुँच नहुने कुनै विकल्प नभएका हरु मात्र कृषिमा छन।सोझा सिधा अनपढ गरीव बिपन्न बर्गको बाध्यता भएको छ खेति।मन नलागी नलागी गर्नु परिरहेछ।अनि कहाँनेर हुन्छ तरु
कृषि रसिलो मिठो उतिबेलाको जस्तो।
अचेल एक हप्तामा धान रोपिसक्छन मान्छेहरु१जो पहिले दुइ महिना भन्दा बढि लाग्थ्यो।जोत्नु पटाहा लाउनु परेन।अब त धान काट्ने झाँट्ने सबै मेसिनाबाटै हुन्छ।केवल रुपैयाँ खर्च हुनु पर्यो।अबका किसनलाइ सजिलो भएको छ।तर मलाइ दुख लाग्छ ,खै कृषिमा रस नै छैन।मिठो आनन्ददायक हंसीखुसी छैन ।अर्मपर्मको चलन हरायो।समूह समूहमा खेतीपाती गर्ने त्यो आदर्श परम्परा हरायो यसैमा दुख छ।फेसबुक बाट



