
सुभद्रा भट्टराई (अर्याल)
पटाङ्गिनीमा चर्दै गरेको परेवाको जोडिलाई हेर्छु चारो टिप्दै एकले अर्कोलाई धेरै सद्भाव राखेको देख्छु। जीवनको सुखानुभूति गर्ने क्रममा वितेका दुखःहरूले बेलाबेला झस्क्याइ दिन्छ।पीडा बोध हुन्छ।जब साझपर्छ ती परेवा आआफ्नो वासस्थानतिर जान्छन् तबमात्र उनिहरूका जोडि एकसाथ हुन्छन्।लाग्छ उनिहरूको पनि समाज हुदो हो,छलफल चल्दो हो,एकअर्काप्रति आरोप प्रत्यारोप हुदो हो।जीवनसाथी बाहेक प्रत्येक हुलमा मनमिल्ने साथी हुदाहुन ,भलाकुसारी,माया ,प्रेमभाव प्रकट हुदो हो जस्तो लाग्छ।यी परेवा चराचुरुङ्गीहरूका आआफ्नो जमात अनुसारको सद्भावलाई देख्दा उनीहरू ककसका जोडीहुन भन्ने कुरा थाहा हुन्न तर समभावले चारो टिपिरहेका हुन्छन्।
हामी मानवजातिका घरमा भने छोराछोरी ,बुहारी नातिनातिना सबैको लर्को लागेको,देख्छु तर पनि उनिहरूका मनभित्र सद्भाव , समभाव र अपनत्व पाउदिन ।बढ्दै गएको उमेरसँगसँगै समयले दिएको अनुभव पनि पृथक हुँदै जादो रहेछ।त्यो बेला एउटा उमेरसँगै मनमा जागेको प्रेमभाव उत्ताउलोपनको दम्ब र घमण्डको चरम उत्कर्ष हुदोरहेछ। जसले एउटा उमेर समुहको नेत्रृत्व गर्दो रहेछ।
वैवाहिक सम्बन्धपछिको जीवनले पाएको कष्टकर संङ्घर्षपूर्ण समयले एउटा गतिलो पाठ सिकाउदो रहेछ। जिम्मेवारी वहनगर्ने क्रममा सबैखाले सम्बन्ध स्थापित गर्दै परिवारका सदस्यहरूको मानमर्यादा र कर्तव्य पालना गर्दागर्दै आफुले जीवनको सुखानुभूति प्राप्त गर्ने अवसर कहिले महसुस हुन पाएको हुदैन रहेछ ।हाम्रो सामाजिक संरचना, संस्कार, परम्परा अनुसार आफ्नो जीवनको व्याक्तिगत चाहाना भन्दा पनि सामाजिक र पारिवारिक मर्यादा र चाहानालाई अंगिकार गर्न हामी बाध्य हुन्छौ।
आफ्नो जीवनसाथीबाट जस्तोसुकै पीडा र असहजता प्राप्त भए पनि उसैसँग जीवन विताउनु पर्ने बाध्यता हाम्रो समाजमा रहेको छ।
जब मानिसको उमेर चालीस कट्दछ र समयको अनुभवहरूले अफ्नो निजि जीवनको अर्कैखाले प्रेम मनोभाव मन मस्तिष्कमा उत्पन्न हुन थाल्द। उसले एउटा अन्तरमनका भाव, पीडाहरू साटासाट गर्ने साथीको महसुस गर्न थाल्छ किनभने कुनै पनि श्रीमती ले श्रीमानसँग र श्रीमानले श्रीमतीसँग आफ्नो गुहे खोलेर यतिश्री वृतान्त भन्नै सकदैन अनेकन ईच्छा चाहाना मारेर जीवन साथीसँग हरेक सम्झौता गर्दै समयसँगै जीवन चलेकै हुन्छ। एउटा असल मित्रसँग आफ्ना जस्तोसुकै कायाकैरन पनि भन्न सकिन्छ ।यसरी साथीले गर्ने सद्भाव मायालाई यो समाजले स्विकार गर्न सक्दैन र हरेक लान्छना लगाएर इज्जत प्रतिष्ठामाथि कुठाराघात हुने गर्छ।
मन मिल्नु ,भावना साटासाट गर्नु,सहकार्य गर्नु भनेको घर परिवार त्यागेर लिप्त भएर उसैसँग बिवाह बन्धनमा बाधिनु होइन।हामीमा शिक्षा र चेतनाको कमी छ कमजोर मानसिकता छ। सोचाइ र प्रयोग गराइ कमजोर छ।जीवन बुझ्ने र समाजलाई बुझाउने प्रकृया गलत छ, जसका कारण बदनाम र अपहेलना खेप्नु पर्छ। जीवन जीउने पाटो एउटा हो, आफ्नो निजि नितान्त व्याक्तिगत ईच्छा चाहाना भन्ने कुरा अलग अलग हो भन्ने वास्तविकता परिवार समाज सबैले बुझ्न जरूरी छ भन्ने लाग्छ।
हाम्रो नेपाली समाजमा लामो समयसम्म पुरूषहरूको शासन पद्धति दबदवा रहयो र महिलाहरूको जीवन उनिहरूको श्रममामात्रै भरपर्नुपर्ने वाध्यतामा निहित रहेको देखिन्छ।आर्थिक रूपले महिलाहरू सबल हुनसकेका थिएनन अझै पनि केही हदसम्म आसमानै बस्नुपर्ने बाध्यता छ।
परम्परागत शैलीमा जीवन चलाउनु पर्ने परिवेश अझै चलिरहेकै छ।
तर पनि अहिलेको परिपेक्षमा विगत र वर्तमानको पारिवारिक सम्बन्धलाई हेर्दा
परिवर्तित समयसँगै अबको अवस्थामा कोही कसैले पनि दासी बनेर नतमस्तक भएर एउटै व्याक्तिसँग जीवन निर्भागर्ने अवस्था देखिदैन।
मान्छेले स्वतन्त्रता चाहादोरछ। कसैले पनि आफुलाई बाधेर राख्न सकेको हुदैन । अझ एकल हुनुभएका दाजुभाइ , दिदीबहिनी आमाबाबुहरूले खेप्ने पीडा छुट्टाछुट्टै हुन्छ।वहाँहरू भन्नुहुन्छ पुरूषले त जतिखेर मनलाग्छ त्यतिखेर दास्रो विवहा गर्नसक्नु हुन्छ तर हामी महिलाहरू भने त्यसो गरिहाल्न सक्दैनौ किनभने हामीलाई परम्परागत रूपमा थोपरीदिएको संस्कारले आरोप लगाउछ। तर एकल भईरहदा एउटा मन मिल्ने दुःख सुख साट्ने साथीमात्र बनाउन पाए बाँकी रहेका जीवनका क्षणहरू राम्रोसँग वित्नेथिए होला दोस्रो बिवाहा नै गर्नुपर्ने थिएन भन्ने कुराहरू गर्नुहुन्छ। समयले जस्तोसुकै परिवर्तन ल्याए पनि समाजमा एकल पुरूष र एकल महिलाले खुलेर साथी बनाउन पाउने संरचना सोच चेत बनेकै छैन तर मलाई लाग्छ यो तितो सत्य हो।
उनिहरूको पनि स्वतन्त्रताको अधिकार सुनिश्चित हुन जरूरी छ ।प्राकृतिक चाहानाहरूलाई कुनै साधु,सन्त महन्त ,विद्वान ,बाल ब्रम्हचारी कसैले पनि आफुलाई बसमा बाँधेर राख्न सकेको छैन ।उनिहरूले पनि कामवासनाको सुखानुभूति गरेकै हुन्छन।
यो प्राकृतिक र व्याक्तिगत प्रवृति हो यसमा अचम्म अनौठो मान्नुपर्ने केही छैन। त्यसैले समाजले राष्ट्रले एकल महिला र पुरूषप्रतिको दृष्टिकोणलाई खुल्ला गरिनुपर्छ यी प्रकृतिक प्रवृति हुन भन्ने लाग्छ।
यता हामी अहिलेको नयाँ पुस्ताको थोरै कुरा गरौ ।
वास्तवमा भन्ने हो भने अबको नयाँ पुस्ताले बैवाहिक जीवनको अनुभूति भन्दा साथी दौतरीसँगको सुखानुभूतिमा बढी जोड दिनेछ।अबको पुस्ताले एउटैसँगमात्र जीवन बिताउने प्रण गर्न सक्दैनन किनभने हाम्रो देशमा पनि अब पश्चिमी संस्कारको हावाले छाइसकेको छ। जीवन बिताउन त उमेर अनुसारको साथी चाहिने रहेछ जीवन बिताउनुमात्रै सम्बन्ध गास्नु होइन भन्नेकुरा बढ्दो उमेरको भोगाईले सिकाउदो रहेछ।साथीसँगको सम्बन्ध कायम गर्नु भनेको फेरि पनि बिवहा गर्नु भनेको होइन।मानिसका जीवन यात्राहरू समयको अन्तरालसँगै परिवर्तन हुँदै जाने गर्दछ।हरेक व्याक्तिले समाजका अनेकन परिस्थितिलाई आफ्नो अनुकुल बनाउने अनेकन प्रयत्नहरू गरिरहन्छ।मानव स्वभाव यसैपनि आफैमा स्वार्थी हुदोरहेछ सायद त्यै भएर पनि होला समाजका हरेक पक्षहरू पारिवारिक सम्बन्धभित्र रूमलिएकै हुन्छ ।भनिन्छ समाजमा चलेका अनेकन संस्कार संस्कृतिहरूका कारण प्रत्येक व्याक्तिका स्वभाव आनिबानी फरक हुने गर्दछन् ।व्याक्तिको स्वभावलाई सामाजिक ,आर्थिक,राजनैतिक ,साँस्कृतिक ,वाहिय र आन्तरिक वातावरणले निक्नै ठूलो प्रभाव पारेको हुन्छ।
मानिसले आफ्नो बाल्य अवस्थादेखि किशोर हुँदै युवा अवस्थासम्मका चरणहरू पार गर्दैगर्दा हरेक परिवारका अभिभावकहरूले आफ्ना सन्तानहरूको उमेर अनुसारको बानी व्यभारमा निगरानी राख्न सक्नुपर्छ।उनिहरूका साना साना समस्याहरू पनि सुनिदिनु पर्छ एक अर्काप्रति साथीसरहको व्यभार गर्नसक्नुपर्छ।तब मात्र मनभित्रका भावनाहरू सहज रूपमा पोख्न सक्छन अन्यथा उनिहरूको एक्लोपनले सिधै मनरोगी, एकोहोरिने,उदासहुने,आफू असुरक्षित महसुस गर्ने,असन्तुलित व्यभार गर्ने, अधैर्य हुने र आत्माविश्वासलाई कमजोर बनाउन बाध्य हुने गर्दछन्। त्यसैलेगर्दा पनि साथीसंगतले कुलतमा लाग्न प्रेरित गर्न थाल्छ।
त्यसकारण अहिलेका किशोर अवस्थाका बाबु नानीहरू त्यसमा पनि अझ सिमा क्षेत्रका युथहरू लागुदुर्वेशनिमा फसेकाछन्।
उनिहरूमा शारिरिक सङ्कट,मनोवैज्ञानिक संङ्कटहरू हुने गर्दछन्।
उनिहरूमा आन्तरिक र वाह्य परिवर्तहरू हुन्छन्।आफ्नै विशेषताहरू हुन्छन्।किशोरावस्थाका केही विशेष चाख ,रूचिहरू,व्याक्तिगत र सामाजिक मनोरञ्जनहरू हुन्छन्।स्वीकृत र अस्वीकृत व्यभारहरू हुन्छन्।त्यसकारण पनि बालबालिकाहरूलाई उत्प्रेरणा , उत्सुकता बढाउने पुनर्बल र सम्बलनको आवश्यकता पर्दछ।
त्यसैले अहिलेको यो राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमै परेको अत्यन्तै भयावह कठिन आपतकालीन परिवेश र परिस्थितिमा किशोर किशोरी , युवाहरू, एकल पुरूष,महिलाहरू सबै त्यसै मनरोगी भएको अवस्था छ।उनिहरूलाई मनोपरामर्शको आवश्यकता छ।घरघरमै आत्माहत्याको प्रवृति बढ्दोछ। हाम्रो संस्कार कस्तो छ भने मनरोगी चै पागल हो अब सबै सकियो फलाना त बौलाएछ भन्नेपट्टि जान्छौ तर यो गलत छ ।हामी सबैको मन मस्तिष्कमा केही न केही कुराहरू खेलिरहेका हुन्छन् कहिले काहीँ केहिकेहि कुराले अलि बढी स्ट्रेस अथवा प्रभाव जमाउछ जसका कारण अलि असन्तुलित हुन्छौ त्यति हो अरूकुरा केही छैन त्यसकारण हामीले सहजरूपमा मनोपरामर्श लिनुपर्छ ।अर्थात लाई देखाउनु पर्छ। लाई देखाउदा परामर्श लिदा हामी पागल भने हुदैनौ यो पनि एउटा कुनै सामान्य रोगको लागि डाक्टर देखाएर ओैषधी खाए जस्तै मनोरोग डाक्टरलाई देखाएर ओैषधी खाए पुग्छ यसलाई हाउगुजी सम्झनु हुदैन ।
अर्को कुरा हामी अभिभावक भएर आफ्ना सन्तानहरूलाई कति समय दिइरहेका छौ रु या उनिहरू हामी देखि टाढीने अवस्था सृजना गरदै छौ कि रु भन्ने कुरामा चिन्तन मनन गर्न आवश्यक छ।
यसरी सबैभन्दा पहिला आफ्नो घरभित्र दृष्टि दौडाउ र हरेक घर परिवारका सदस्यले बालबालिकाहरूको उमेर अनुसारको व्यभार गरौ । मेरो बच्चा बिहान उठेदेखि साँझसम्म कहाँ जान्छरु के गर्छ रु के खान्छरु के कस्तो साथीको संगत गर्छरु उसको दैनिकी व्यभार हाउभाउ परिवर्त हुँदै छ छैनरु छ भने सकारात्मक छ कि नकारात्मक छ यी सबैकुराप्रति चासो राख्नु पर्ने आजका हरेका घर परिवारका जीम्मेवार सदस्यहरूको दायित्व र कर्तब्य बन्छ साथै छरछिमेकीले पनि निगरानी राखेर मार्गनिर्देशन गर्न सकिन्छ भन्ने लाग्छ ।
यदि अब परिवारले ,समाजले राज्यले कलिला बालबालिकाहरूको भावनालाई महत्व दिएर नयाँ कार्य योजनाहरू निर्माण गर्न सकेन भने हाम्रो नयाँ पुस्ताहरूमा अवचेतन मनको वृद्धि भएर अपाङ्ग हुने अवस्थामा पुग्छ।त्यसैले युवाहरूका निमित्त समाजमा सबै सचेत बनौ सहजीकरण गरौ परामर्शदाताको पहिचान र प्रयोग गरौ ।युवाहरू जोखिममा छन् यो जोखिम परिवेशबाट उन्मुक्ति दिन
।समुन्नत समाजको निर्मनण गर्न अग्रसरता देखाउन पनि अभिभावकहरूलाई जागरुक हुन अनुरोध गर्न चाहान्छु। साथै आफ्ना घर परिवारमा रहनुभएका एकल आमाबाबु ,दिदीबहिनी ,भाउजु बुहारी र दाजुभाइहरूसँग पनि सँगसँगै बस्ने खाने रमाइलो गर्ने र वहाहरूका भावनाहरूलाई सम्बोधन गर्ने कोसिस गरौ भन्ने लाग्छ।हामीले समग्र समाजलाई खुल्ला आँखाले हेर्दा अलिक अपुरो र अधुरो हुन्छ होला भन्ने मेरो बुझाई हो । समाज एउटा समाज बन्नका लागि त्यहाँ धेरै पत्रहरुको थुप्रो हुन्छ त्यसलाई पर्गेलेर हेर्दा मात्रै समाज भित्रका जिवनहरुलाई सहि ढङ्गले बुझ्न सकिन्छ होला भन्ने मेरो ठम्याई मात्र हो ।



