खबर

कांग्रेसले कोरोना खोपमा धाधली गरेको भन्दै, विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन

१४ श्रावण २०७८

न्युज अफ नेपाल, काठमाडौं ।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन्।

बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए। स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्। उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए। भन्सार एजेन्टसमेत रहेका जोशीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button