कृषि र किसान

एसेरोला खेती : एक जानकारी

कुलप्रसाद सुवेदी / सेवानिवृत्त,कृषिविज्ञ 

एसेरोलाको परिचय :

एसेरोलाको चल्तीको नाम वार्वाडोस चेरी (Barbados Cherry), वेष्ट इन्डियन चेरी वा सिरेजा (Cereza) हो भने वनस्पतिक नाम माल्पिजिएसि पुनिसिफोलिया (Malpighiacaepunicifolia L.) हो । यसको विरुवा अनार जस्तै हिउँदमा पात झर्ने पतझड (Deciduous) प्रकृतिको १५ फिटसम्म अग्लो हुन्छ । हिउँदमा यसको ९० प्रतिशत सम्म पात झर्दछ । समुन्द्र तटिय तथा नदीको किनार क्षेत्रमा काँडादार विरुवाहरू हुर्किएको स्थानमा यसको रैथाने प्रजातिहरू (bushy, shrub) हुर्के, बढेको र फैलिएको पाइन्छ ।

यो विरुवा रुख्खा–सुख्खा स्थानमा हुर्कन बढ्न सक्दछ तर धेरै तुषारोजन्य चिसो सहन सक्दैन र —१ (माइनस एक) डिगी्र सेल्सियस भन्दा न्युन तापक्रम भएमा विरुवालाई नोक्सानी पुग्दछ । ऐतिहासिक लिखतको आधारमा यसको उत्पत्ति युकाटनमा भएको र मेक्सिको हुँदै दक्षिण टेक्सास तथा जापानसम्म फैलिएको भनिन्छ । यसको खेती दक्षिण अमेरिकाको भेनेजुएला, सुरिनाम, कोलम्विया, ब्राजिल, दक्षिण पुर्वी एशिया (जापान, भियतनाम, थाइल्याण्ड, कोरिया), तथा भारतमा व्यावसायिक रुपमा गरेको पाइन्छ ।

सहकारी विकास सम्बन्धित तालिमको शिलशिलामा जापानको ओकिनावा प्रादेशियद्धिप (Okinawa prefecture) जाँदा त्यहाँका कृषकहरुले ग्रिनहाउस तथा प्लाष्टिक घरमा एसेरोलाको खेती व्यावसायिक रुपमा गरेको पाईयो । साथै त्यस क्षेत्रका महिला उपभोक्ताहरूमा एसेरोला निकै पपुलर खास गरीकन सौन्दर्यवद्धक (freshjuice for face wash, face washjuice for beautification_ फलको रुपमा लिएको देखियो । यसमा पाईने भिटामिन ‘सि’ युक्त रसले अनुहार धोएमा अनुहार कोमल, सफा एवं सौन्दर्य (soft, fair & beauty) हुने विश्वासले त्यस भेगमा महिलामा जरा गाडेको अनुभव भयो ।

एसेरोलाको पात गाँढा हरियो मसिनो झुस पलाएको हुन्छ । खुलाहातले छुँदा कसै कसैलाई एलर्जी वा चिलाउने पनि हुनसक्छ । उक्त फूल सानो गुलावी तथा सेतो रंगको हुन्छ । फूलहरू वर्षभरी नै फुली रहन्छ तर वर्षाले उत्पादन चक्रलाई प्रभाव पार्दछ । माटोको चिस्यान अथवा सिंचाईले पनि विरुवामा फुल्न प्रभाव पार्दछ ।

पोलिनेशनमा मौरीको ठुलो भुमिका रहन्छ । एसेरोलाको फल पहेँलो सुन्तला रंगको, गोलो, ३ खण्डे एसो हेर्दा आरुबखडा (plum) जस्तो पातलो बोक्रा भएको हुन्छ । फलभित्रको गुदी अमिलो, गुलियो, रसिलो स्वाद तथा वास्नादार हुन्छ ।

एसेरोलाको महत्वः

उक्त फलको गुदीमा प्रशस्त मात्रामा ‘भिटामिन सि’ (अमलामा भन्दा बढी ) पाइन्छ । यसको फलमा विष प्रतिरोधितत्व (antioxidant_ हुने हुँदा फलको विशेष महत्व भएको मानिन्छ । यसको फलबाट पेय जुस बनाउनुको साथै भिटामिन ‘सि’ युक्त श्रोतको रुपमा लिइन्छ । यसबाट बेबिफुड, आयुर्वेदिक हर्बल मेडिसिन तथा पौष्टिक तत्वयुक्त डिब्बावन्दी खाद्य सामग्री तथा जुसहरू बनाइन्छ ।

एसेरोलामा संतृप्त फयाट (saturate fat), कोलेष्ट्रोल तथा सोडियम न्युन मात्रामा हुन्छ, भने खाद्ययुक्त रेसा, राइवोफ्लोविन (Rhiboflobin), फोलेट, म्याग्नेसियम, पोटासियम, कपर, तथा भिटामिन ‘ए’ र ‘सि’ को राम्रो श्रोत मानिन्छ । यस्को विरुवालाई मनचिन्ते साइजमा ढाल्न सकिने र सानो पातहरु हुने हुँदा घर बगैचामा बोनसाई(Bonsai) बनाएर पनि राख्ने गरिन्छ ।

खेतीको लागि स्थान छनौट : यो विरुवा पतझड प्रकृतिको भए तापनि उष्ण प्रदेशिय क्षेत्र तथा सुख्खा स्थानमा हुर्कन बढ्न सक्दछ । यसले धेरै चिसो सहन सक्दैन र तापक्रम १.१ डिग्री सेल्सियस भन्दा कम भएमा विरुवाको कलिलो कोपिला तथा सानो विरुवालाई नोक्सानो पु¥याउँछ । यसको विरुवा धेरै गहिराईमा नजाने (shallow root system) भएको हुँदा हावाहुरीबाट पनि त्यत्ति कै संवेदनशिल हुन्छ ।

एसेरोलाको मुख्य विशेषता भनेको सुख्खा सहन सक्ने, रुखो जमिनमा हुर्कन बढ्न सक्ने र पतझड प्रवृति (deciduous habit) हो । यस फलको विकासको लागि पुर्ण सुर्यको प्रकाश -full sunlight_ आवश्यकता पर्दछ । प्रतिकुल मौसमबाट विरुवालाई जोगाउनु आवश्यक हुन्छ । भने, छाँयादार स्थानमा यसको फल कम लाग्दछ । माटोमा उपयुक्त चिस्यान भएमा एसेरोलाको एक वर्ष पुरानो हाँगामा वर्षभरी नै फुल लाग्दछ । यसको फलको विकासको लागि पुर्ण सूर्यको प्रकाशको आवश्यकता पर्दछ ।

ज्यादा चिसो तथा प्रतिकुल अवस्थामा पाल टागेर वा प्लाष्टिक टनेल निर्माण गरेर विरुवालई जोगाउनु पर्दछ । छाँयादार स्थानमा फल कम लाग्दछ । छोटो र सतही जरा हुने हुँदा (shallow and smaller rooted system) यसलाई अन्य फलफूल बगैचामा घुसुवा बालीको (inter planted crop) रुपमा पनि लगाउन सकिन्छ ।

उपयुक्त माटो : उपयुक्त निकास तथा सिंचाइको प्रबन्ध गर्न सकिएमा यसको खेती सबै प्रकारको माटो -marl, limestone, clay and heavy soils_ मा गर्न सकिन्छ । एसेरोलाको लागि माटोको पि.एच.६.५—७.५ उपयुक्त हुन्छ । बढी अम्लिय खालको माटो एसेरोलाको खेतीको लागि उपयुक्त मानिदैन । माटोको पि.एच सन्तुलन बनाइ राख्न समय समयमा माटोको पि.एच को परिक्षण गरी ६.५ भन्दा न्युन भएमा कृषि चून प्रयोग गरी पि.एच.मानलाई सन्तुलन बनाइ राख्नु पर्दछ ।

सिंचाई प्रबन्ध : यो प्रजातिको विरुवाले सुख्खा सहन सक्ने भए तापनि वार्षिक वर्षा १०००—२००० मि.मि.हुने स्थान यसको खेतीको लागि उपयुक्त मानिन्छ । सिंचाइ तथा माटोमा उपयुक्त चिस्यानको मात्राले विरुवामा फूल खेल्न सहयोग पुग्दछ । साथै विरुवाको फूल खेल्ने चक्रलाई समेत प्रभाव पार्दछ । माटोमा उपयुक्त चिस्यान भएको अवस्थामा एसेरोलाको विरुवा वर्षको ३—४ पटक सम्म फुल्दछ र ३ बालीसम्म उत्पादन लिन सकिन्छ । यसको लागि स्प्रिंकलर वाड्ररिप ( over head or drip system) सिंचाई गर्न उपयुक्त मानिन्छ ।

मलखाद्य : एसेरोला विरुवाको लागि सन्तुलित मलखाद्य उपलब्ध गराउनुको साथै माटोको पी.एच अवस्थालाई सन्तुलन बनाउन चून पनि प्रयोग गर्नु आवश्यक हुन्छ । मलखाद्य दिदाँ फौलियर स्प्रे गर्दा बढी प्रभावकारीका साथै आर्थिक रुपले पनि लाभदायक हुन्छ । सुक्ष्म तत्वको कमी हुन नदिन समय समयमा सुक्ष्म खाद्य तत्व खासगरी वोरन(सुहाग) तथा आइरन(फलाम) दिनु आवश्यक हुन्छ ।

काँटछाँट : यो विरुवा पतझड प्रकृतिको भएको हुँदा हिउँदको समयमा खासगरी पुस माघमा काँटछाँट गर्नु पर्दछ । पुरानो तथा सुकेको हाँगा काटेर हटाउने र बोटको उचाई ५ फिट भन्दा अग्लो हुन नदिन सोही अनुसार टुप्पो काट्ने गर्नु पर्दछ । तुषारो पर्ने स्थानमा लगाएको एसेरोला विरुवालाई तुषारोबाट बचाउन प्रबन्ध मिलाउनु पर्दछ ।

यसको लागि रातमा समयमा विरुवालाई कुनै बाक्लो कपडा त्रिपाल वा प्लाष्टिकजस्ता वस्तुले सर्लक्क ढाकेर राख्नाले पनि तुषारोबाट बचाउन सकिन्छ । यदि विरुवा कुनै ठुलो गमला वा कन्टयानरमा लगाएको अवस्थामा भने विरुवालाई सुरक्षित स्थानमा सारेर पनि चियकतबाट जोगाउन सकिन्छ ।

विरुवा प्रजनन : एसेरोला फलको बीउ, हाँगा कटिङ. तथा ग्राफ्टिङ विधिद्धारा विरुवा उत्पादन गर्न सकिन्छ । बीउको उमार शक्ति छिटै ह्रास हुने हँुदा फलबाट बीउ निकाले पछि तुरुन्तै तयारी जमिनमा रोपी हाल्नु पर्दछ । यसको विरुवा उत्पादनको लागि हाँगा कटिङ.तरिका सबैभन्दा सरल विरुवा उत्पादनको तरिका हो ।

पेन्सिल साइजको हाँगाको २५–३० से.मी. लामो टुक्रालाई इन्डोल ब्युटारिक एसिटिक एसिड (क्ष्द्यब्) को ५०० पि.पि.एम.को झोलमा १० मिनेट डुबाएर सारेमा १०० प्रतिशत विरुवा प्राप्त गर्न सकिन्छ ।

रोग, किरा : एसेरोलाको विरुवा नेमाटोड (Root knot nematod – meloidogyne spp.) बाट बढी मात्रामा संवेदनशिल (highly succeptible) हुन्छ । यसको आक्रमणबाट कलिलो विरुवा तथा पुरानो विरुवाहरु ग्रस्त हुन्छन् । भने, उत्पादनमा नकारात्मक असर पर्न जान्छ । विरुवामा लाग्ने किरामा लाही, सेतो झिँंगा तथा कत्ले किरा मुख्य हुन् । यस्ता किराको नियन्त्रणको लागि कुनै पनि दैहिक (systemic) विषादी प्रति लिटर पानीमा २ मि.ली. विषादी राखि प्रयोग गर्दा नियन्त्रण गर्न सकिन्छ ।

कुनै कुनै स्थानमा भने सर्कोसपोरा ढुसीको आक्रमणले पनि विरुवामा नोक्सानी पुराउन सक्दछ । नियन्त्रणको लागि वेभिष्टिन वा ब्लाईटक्स ५० प्रतिलिटर पानीमा २ ग्रामको दरले राखि प्रयोग गर्नु पर्दछ ।

एसेरोलाको प्रमुख जातहरु :

वि–१७ (B-17) : यो प्रचलित जात हो र ‘भिटामिन सि’ प्रशस्त पाईन्छ ।

डयार्फ (dwarf) : यो होचो हुने जात (२ फिट अग्लो) हो । टोकरी झुण्डयाएर वा गमलामा पनि यसको खेती गर्न सकिन्छ । यो अन्य जात भन्दा अलि बढी चिसोमा पनि खेती गर्न सकिन्छ ।

फ्लोरिडास्विट -florida sweet_ : यसको फल केही ठुलो साइजको, बाक्लो बोक्रा, गुदीमा धेरै रस भएको , स्याउको जस्तो बास्ना भएको हुन्छ । यसको फलमा भिटामिन सि प्रति १०० ग्राममा १५००–२००० मिलिग्राम पाइन्छ । बोट सोझो खालको र बढी उत्पादन दिने जात हो ।

मोनोए स्विट -monoa sweet_ : फल गुलावी रातो धेरै गुलियो स्वाद, विरुवा फैलिने खालको जात हो ।

बाली उत्पादन कार्य : फल बोटबाट टिपेपछि बिग्रन सक्ने भएकोले बजारको राम्रो सु–व्यवस्था हुन जरुरी हुन्छ । बोटबाट फलहरू टिपेको ३–४ दिन पछि फलमा फर्मेन्टेशन क्रिया सुरु भई फलहरु पुर्णरुपले प्रयोगहिन हुन जान्छ । फललाई ताजा उपयोग तथा जाम जेली बनाएर राख्न सकिन्छ । एसेरोलाको जुस ब्राजिलमा निकै लोकप्रिय पेय मानिन्छ ।

यसको फलबाट भिटामिन सि युक्त बच्चाको खाद्यपदार्थ तथा आइस क्रिम आदि बनाइन्छ । उष्ण प्रदेशिय क्षेत्र (गर्मी हावापानी युक्त क्षेत्र) मा ३ पटक सम्म उत्पादन (बाली) लिन सकिन्छ । भने, समशितोष्ण क्षेत्रमा एक वा २ बाली लिन सकिन्छ । आठ वर्षको बोटबाट प्रतिबोट १५–३० के.जी.सम्म फल उत्पादन हुन सक्दछ । बीउबाट तयार पारिएको विरुवा २–३ वर्षबाट फल्न सुरु गर्दछ भने कलमी विरुवा रोपेको वर्षमा नै फल्न थाल्दछ ।

बोटको उमेर करिब १५–२० वर्ष हुँदा अधिक्तम उत्पादन दिन थाल्दछ । बोटको उमेर बढ्दै जाँदा भने उत्पादन बिस्तारै घट्दै जान्छ । फ्लोरिडामा करिव ४० वर्ष सम्मको बोटले उत्पादन दिएको तथ्य फेला परेको छ ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button