
१७ साउन २०७८
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।
नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ नगरपालिकाले कदम चालेको बताए।
नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँका किसानहरुलाई लागतको ५० प्रतिशत अनुदानमा आधुनिक कृषियनत्र औजार वितरण गरेको हो ।
नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ ।वितरण गरिएका कृषियन्त्र औजारमा हाते ट्याक्टर २७, कुटि काट्ने मेशीन ४७, मकै गोड्ने मेसीन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसीन र साइलेज कटर एक÷एकवटा वितरण गरिएको छ ।



