खेलकुद

बार्सिलोना फरवार्डको खोजीमा

कात्तिक २५, २०७८

एजेन्सी – क्याटलान क्लब बार्सिलोना अहिले धेरै समस्यामा छ । यसै समरमा लियोनेल मेस्सीको साथ पनि गुमाएको बार्सिलोनालाई खेलाडीको चोटले थप सताउँदा यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।

यसै साता बार्सिलोनाले आफ्नो पुर्व मिडफिल्डर जाभी हर्नान्डेजलाई कतारी क्लब अल सादबाट मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । अन्तर्राष्ट्रिय विश्रामपछि जाभीले बार्सिलोनाको पूर्ण टोलीसँग प्रशिक्षण सम्हाल्नेछन् । यो सिजन अनुबन्ध गरेका फरवार्ड सर्जियो अगुएरो घाइते भएका कारण बार्सिलोनाका लागि यो सिजन धेरै खेलेका छैनन् । औसमान डेम्वेले, मार्टिन ब्रेथवेट, चोटका कारण टोली बाहिर रहेका छन् ।

यस्तो अवस्थामा टोलीमा मेम्फिस डिपाए, लुक डि योङ, युसुप डेमिर मात्रै फरवार्डको रुपमा रहँदा बार्सिलोनाले विन्टर ट्रान्सफरमा फरवार्ड भित्र्याउने योजना अघि सारेको छ । बार्सिलोनाले जनवरी ट्रान्सफरमा आफ्ना टोलीलाई बलियो बनाउने योजना बुनिसकेको छ । क्लबका अध्यक्ष जोन लापोर्टाले गत साता नयाँ वर्षलाई स्वागत गर्ने क्रममा तीन वटा हस्ताक्षर हुने बताइसकेका छन् ।

बार्सिलोनाको हालको आर्थिक अवस्थाका कारण वर्तमान टोलीबाट कुनै खेलाडीलाई बिदाई गर्नुपर्ने अवस्था छ । के स्पष्ट छ भने बार्सिलोना जनवरीमा फरवार्डको खोजीमा हुनेछ, यद्दपि कुन खेलाडी भित्र्याउने कुनै निर्णय गरेको छैन । क्लबको बोर्ड बैठकले नै निर्णय गर्ने बताइएको छ । सर्जियो अगुएरोको सम्भावित दीर्घकालीन अनुपस्थिति र लुक डे जोङले जनवरीमा आफ्नो ऋण कटौती गर्ने सम्भावना रहेका कारण बार्सिलोनालाई फरवार्ड लाइन कम हुनेछ । मार्टिन ब्रेथवेट कुन मितिमा उपलब्ध हुने अझै अज्ञात छ ।

स्टर्लिङ प्राथमिकतामा

बार्सिलोनाले हाल आफ्नो आर्थिक अवस्थाले स्टार खेलाडी भित्र्याउन गाह्रो हुनेछ । सोही कारण बार्सिलोनाले लोनमै खेलाडी भित्र्याउन प्रयास थाल्नेछ । स्टार खेलाडीहरु जसले आफ्नो क्लबमा नियमित खेल्न नपाएका तर बार्सिलोना जान इच्छुक खेलाडी नै बार्सिलोनाको प्राथमिकतामा पर्नेछ ।

इंग्लिस फरवार्ड रहिम स्टर्लिङ यो सिजन म्यानचेस्टर सिटीमा खुशी छैनन् । यो सिजन उनले प्रिमियर लिगमा मात्रै ३७६ मिनेट मात्रै मैद्यानमा बिताएका छन् । यो चार खेल बराबर हुनेछ । स्टर्लिङ टोलीमा अझ ठुलो भुमिका चाहन्छन् र बार्सिलोना उनलाई यो दिन तयार छ ।

काभानी र वेर्नर

बार्सिलोनाले थप दुई खेलाडीलाई पनि अनुबन्ध गर्ने योजना बुनेको छ । म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानी र चेल्सीका टिमो वेर्नर बार्सिलोनाको नजरमा रहेको छ । काभानी गत समरमै बार्सिलोनासँग जोडिएको थियो । ३४ वर्षीय काभानी वास्तविक फरवार्ड हुन् । उनी बार्सिलोनाका लागि लोनमा उत्तम विकल्प हुन सक्छन् ।

चेल्सीमा अनुबन्ध हुनुअघि बार्सिलोनाको नजरमा परेका जर्मन फरवार्ड टिमो वेर्नर पनि बार्सिलोनाको अर्काे विकल्प हुन सक्छन् । रोमेलु लुकाकुको आगमनसँगै वेर्नरले चेल्सीमा विरलै अवसर पाएका छन् । वेर्नरले प्रिमियर लिगमा यो सिजन ३८८ मिनेट मात्रै खेलेका छन् ।

फरवार्डको विकल्प भनेको स्टर्लिङ जस्तो खेलाडी बार्सिलोनाको लागि आवश्यक छ । यद्दपि प्रशिक्षक हर्नान्डेजले औसमाने डेम्वेलेको नविकरणको माग गरेको स्पष्ट कथनले बार्सिलोनाले विंगर फरवार्ड भित्र्याउने छैन । यो स्थानमा अन्सु फातीले खेल्न सक्नेछ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button