‘समाचार र विचारको
साझा चौतारी’




म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


मंसिर ५, २०७८
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु टोली वाट्फोर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।

युनाइटेलाई लज्जास्पद हार चखाउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरे । युनाइटेडका डोनी भान डि विकले एक गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं र ११औं मिनेटमा अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो ।

आठौं मिनेटमा इस्माइला सार पेनाल्टीमा चुकेपनि रिवाउन्डको अवसर पाएपनि ११औं मिनेटमा उनले गोल गर्न सकेनन् । तर २८औं मिनेटमा जोसुआ किङले इमानुएल डेनिसको पासमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए ।

४४औं मिनेटमा इस्माइला सारले किकोको पासमा गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा डोनी भान डि विकले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए ।

तर, ६९औं मिनेटमा ह्यारी मगाएर दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड समस्यामा पर्दा थप दुई गोल खान पुगेको थियो ।त्यसपछि इन्ज्युरी समयको थप गरिएको समयमा जोओ पेड्रो र इमानुएल डेनिसले गोल गर्दै युनाइटेडलाई लज्जास्पद हार चखाए ।

यो जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । हारसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने अवसर गुमाउन पुग्यो ।hamrokhelkud/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्