खबर

मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

१ पुष २०७८

न्यज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्।

कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्। महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन्। केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button