मूल खबर

महामन्त्रीमा गगन र विश्वप्रकाश

१पुस २०७८
चौतारी पोष्ट अनलाइन

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त निवार्चनको जानकारी अनुसारकाठमाडौंमा सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगनकुमार थापा र विश्वप्रकाश निर्वाचित भएका छन् । यो समाचार तयार पार्दा सम्म भने निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट महाधिवेशनमा उम्मेदवार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button