मूल खबर

थापा र शर्मा काँग्रेस महामन्त्रीमा विजयी

१ पुस २०७८
चौतारी पोष्ट अनलाइन

काठमाडौ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मतदानमा खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे ।

यसैगरी पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे । विजयी भएका गगनकुमार थापा शेखर कोइराला टिमबाट चुनाव लडेका थिए भने विश्वप्रकाश शर्मा प्रकाशमान सिंह टिमबाट चुनावी मैदानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button