स्वास्थ्य

काँकरभिट्टामा पीसीआरको नक्कली रिपोर्ट बनाउने रिञ्जी ट्राभलका सञ्चालक पक्राउ

१ पुष २०७८, बिहीबार
काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टामा सञ्चालित रिञ्जी टुर्स एन्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ कोरोना जाँच गर्ने पीसीआरको नक्कली रिपोर्ट बनाएको आरोपमा थुना परेका छन्

उनको ट्राभल्स मेचीनगर नगरपालिका वडा नं। ६ मा रहेको छ । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार तामाङको ट्राभल्सबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टर, विभिन्न अस्पताल र ल्याबका लेटर प्याड समेत बरामद भएको छ ।

तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल चेकजाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, वीएन्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौ लगायतका अफिसियल लेटर प्याडहरुलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायल समेत फेला परेको प्रवक्ता पाठकले बताए ।

तामाङले नेपालको निशाना छाप एवम् विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरू नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुर लगायतको छापहरूलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको हुँदा उनीमाथि सरकारी छाप कीर्ते गरेको समेत आरोप थपिएको छ ।

सो डकुमेन्टहरु अस्पतालहरुले तयार नगरेको र रङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्न आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता पाठकले बताए ।

अभियुक्तले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपालीहरु, लामो समय नेपाल रहेर घर फर्किने भारतीयहरुसँग रु। एक हजार पाँच सयदेखि लिएर पाँच हजारसम्म लिएर बेच्ने गरेको प्रहरीको आरोप छ।लोकतन्त्र पोष्ट अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button