कला

विदेशी फिल्मको चुनौतीका बीच ‘चुरीफुरी’ हलमा

फिल्मीखबर, काठमाडौं, 2021/12/24
अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई ठूला विदेशी फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’ को हिन्दी डबले नेपालका सिनेमा हलमा अझै आफ्नो दबदबा बनाइराखेको छ । सिंगल थिएटरमा औसत चलेका यी दुई फिल्मले मल्टीप्लेक्सहरुमा भने दर्शकको अभाव खेप्नु परेको छैन । पहिलो हप्ता सर्वाधिक शो पाएका दुवै फिल्मलाई दोस्रो हप्तामा पनि उल्लेख्य संख्यामा शो मिलेको छ ।

शुक्रवार (आज) बाट नेपालका मल्टीप्लेक्स हलहरुमा बलिउड फिल्म ‘अतरंगी रे’ पनि प्रदर्शनमा आएको छ । ओटीटी प्लेटफर्मका लागि बनाइएको यो फिल्म भारतका हलमा भने प्रदर्शन भएको छैन । अक्षय कुमार, सारा अली खान, धनुषको मुख्य भूमिका रहेको फिल्म सस्तोमा पाएपछि वितरकले नेपाल भित्राएका हुन् । यो फिल्मले नेपालका मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ ।

नेपालका मल्टीप्लेक्सहरु हलिउड र बलिउड फिल्मले भरिभराउ हुँदा शुक्रवारबाट नेपाली फिल्म ‘चुरीफुरी’ ले प्रदर्शन थालनी गरेको छ । विदेशी फिल्मको चुनौतीबीच प्रदर्शनको आँट गरेको फिल्मले मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ । सिंगल हल भने फिल्मलाई तीन दर्जन बढी मिलेको बताइएको छ । कमेडी जनरामा बनेको फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।

रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यको अभिनय रहेको फिल्मको स्क्रिप्ट निर्देशक आचार्य आफैंले लेखेका हुन् । फिल्मलाई राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button