प्रियंका, दीपिका र विक्रमको ‘हेल्लो जिन्दगी’ चैत ११ मा


फिल्मीखबर, काठमाडौं, 2021/12/24
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशनमा निर्माण भएको फिल्म ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहीवार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत ११ गते (२५ मार्च २०२२) लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा विक्रम डि जोशी, दीपिका प्रसाइँ, प्रियंका कार्की, विल्सन बिक्रम राई र विक्रान्त बस्नेत देखिएका छन् ।

फिल्ममा एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन् भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् ।

कोरोना महामारीभन्दा अगाडि युके र नेपालमा छायांकन भएको फिल्ममा निर्देशक बोहराकै शब्द, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले किनिसकेको छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सह-निर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसरमा छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

50% LikesVS
50% Dislikes