ख्रीष्टमसको शुभकामना !


विश्वका इसाई बिश्वासीहरुमा ख्रीष्टमसको उल्लास रहेको छ । इसाई धर्म शास्त्र बाइबलका अनुसार परमेश्वरका पुत्र परमेश्वरको आगमन हुन्छ भन्ने मान्यता अनुसार विश्वका इसाईहरुले डिसेम्बर २५ लाई ख्रीष्टमस अर्थात क्रिसमस पर्वका रुपमा येशु ख्रीष्टको जन्म भएको दिनको रुपमा मनाउने गरेकाछन । बाइबलमा उल्लेख भए अनुसार जाडो समयमा गाईको गोठमा येशुको जन्म भएको मान्यता अनुसार हरेक अंगे्रजी क्यालेण्डर डिसेम्बर २५ लाई ख्रीष्टमस(क्रिसमस)का रुपमा इसाईहरुले उल्लासपूर्वक मनाउने गर्दछन् ।
ख्रीष्टमसलाई मुक्तिदाता जन्मेको दिनका रुपमा लिदै उनीहरुले एक आपसमा स्नेहको पर्वका रुपमा समेत क्रिसमस मनाउने गर्छन् । क्रिसमस आउनु केही दिन अघि क्यारेल समेत खेल्ने गरिन्छ । इसाईहरुका अनुसार क्यारेल क्रिसमस आउनु अघिको परमेश्वरको महिमागान भएको उनीहरुको भनाई छ । क्रिसमसलाई येशु ख्रीष्टको जन्म दिनका साथै स्नेह,सदभाव, भाईचारा र बन्धुत्वको भावनात्मक पर्व भएको समेत इसाईहरु बताउँछन् । विश्वका इसाईहरुको यो पावन पर्वका अवसरमा समस्त इसाई समुदायमा हाम्रो पनि शुभकामना ! ख्रीष्टमसले सिङ्गो मानव समुदायमा आपसी प्रेम,स्नेह, दया ,करुणा र बन्धुत्वको भावनात्मक सम्बन्धलाई थप सुमधुर र बलियो बनाउन सकोस !

100% LikesVS
0% Dislikes